धमाधम पिच हुँदै भैरहवा विमानस्थलको धावनमार्ग

धमाधम पिच हुँदै भैरहवा विमानस्थलको धावनमार्ग

भैरहवा : राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम तिव्र रुपमा भइरहेको छ। विमानस्थलको ५८ प्रतिशत बढी काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।

विमानस्थलको धावनमार्गको काम पनि तिव्र गतिमा भइरहेको छ। चार तहपछि धावनमार्ग तयार हुन्छ। एउटा तह सम्पन्न गर्नका लागि १५ देखि १८ दिन लाग्ने आयोजनाको भनाइ छ। 

धावनमार्गको पहिलो तहको ५० प्रतिशत (१५ सय मिटर) काम भने सम्पन्न भइसकेको छ। धावनमार्ग ३ हजार मिटरको छ। 

मौसमका कारण बाधा उत्पन्न नभए दुई महिना बढीमा धावनमार्ग सम्पन्न हुने विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए। उनका अनुसार पहिलो तहको काम सम्पन्न गर्न लाग्ने भन्दा आधा समयमै धावनमार्ग तयार हुनेछ। 

ठेकेदारले एउटा पेभर (पिच गर्ने मेसिन) थप गरेर पिच गर्ने भएकोले धावनमार्ग छिट्टै तयार हुने उनको भनाइ छ।त्यस्तै ठेकेदारले असाफल्ट मेसिन पनि थप गरेको छ।  हालसम्म एउटा मेसिनबाट काम हुँदै आएको थियो। यसले धावनमार्ग चाँडै सम्पन्न हुनेछ।

‘मुख्य संरचनामा बढी ध्यान दिएका छौँ,’ उनले भने, ‘विमानस्थलको सबै काम समानन्तर रुपमा अगाडि बढेको छ ।’

कुनै बाधा अवरोध नआएमा जेठ महिनासम्म विमानस्थलबाट अन्तराष्ट्रिय विमानले उडान भर्नेछन्।  विमानस्थलको निर्माण सम्पन्न गर्नका लागि २०१९ जुन २८ तारिखसम्म म्याद छ। 

अबको ७ महिनासम्म विमानस्थलको निर्माण कार्य सम्पन्न गर्ने म्याद रहेपनि पाँच महिना भित्र मुख्य संरचना निर्माण गरेर कुनै बाधा अवरोध नआए आंशिक रुपमा विमानस्थल संचालनमा ल्याउने लक्ष्य आयोजनाको छ।
 
 म्याद अवधी भित्र ९५ प्रतिशत बढी काम सम्पन्न हुने आयोजनाले बताएको छ। आंशिक रुपमा विमानस्थल संचालनमा ल्याउँदा सानातिना काम मात्र बाँकी रहने र ती काम पनि केही महिना भित्रै सम्पन्न हुने आयोजना प्रमुख अधिकारीले बताए। 

हाल विमानस्थलको एपरोन (विमान पार्कस्थल)को काम पूर्ण रुपमा सम्पन्न भएको छ। त्यस्तै विमानस्थलको टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर, फायर फाइटिङ, ट्क्यासी वे लगायतको काम भइरहेको छ। टर्मिनल भवनको संरचना निर्माण करिब पूरा भइसकेको छ। एक महिना पश्चात भवनमा छाना हाल्ने काम सुरु हुने र उक्त काम चार महिनामा सम्पन्न हुने अधिकारीले बताए। 

त्यस्तै प्रशासकीय भवनको फिनिसिङको काम भइरहेको छ भने कन्ट्रोल टावरको सातौँ तल्लाको काम भइरहेको छ। भित्रबाट फिनिसिङको कामसमेत भइरहेको छ। यो टावर आठ तल्लाको हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.