उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ८ घाइते

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ८ घाइते

गाइघाट : उदयपुरको लिम्चुङबुङ गाँउपालिका -४ बलम्तामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका डीसपी अर्जुन रानाभाटका अनुसार दुर्घटनामा लिमचुङबुङ ४ बलम्ताका २२ वर्षीय चालक सुविन राई र सोही ठाउँका २४ वर्षीय पवन राईको मृत्यु भएको हो।

ट्याक्टरमा सवार अन्य ८ जना घाइतेकाे उपचारकाे लागि जिल्ला अस्पताल गाईघाटमा ल्याउने काम भइरहेको प्रहरीले जनाएकाे छ। उनीहरू बनभाेज खाएर फर्कदै गर्दा ट्याक्टर दुर्घटनामा परेकाे बताइएकाे छ ।

दुर्घटनास्थल सदरमुकाम गाइघाटदेखि ९० किलोमिटर विकट पहाडी क्षेत्रमा रहेकोले बिरामी ल्याउन कठिनाइ भयको रानाभाटले बताए। घाइतेको स्वास्थ्य अवस्था सामान्य रहेकाे छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.