भारत लैजाँदै गरेको १०८ कार्टुन मदिरा बरामद
राजविराज : अवैधरूपमा भारत निकासी गर्न लागेको १०८ कार्टुन मदिरा सप्तरी प्रहरीले बरामद गरेको छ। झिसमिसे बिहान लहरै ११ वटा साइकलमा भारततर्फ ओसार्दै गरेका तस्करले प्रहरीको गस्ती टोलीलाई देख्ना साथ साइकलसमेत छोडेर भागेपछि १०8 कार्टुन दिलवाले रक्सी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए।
प्रहरी चौकी रामपुर मल्हनीया र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले भारतीय सीमानजिक सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ बाट मदिरा बरामद गरेको हो।
बरामद मदिरा र साइकल भंसार कार्यालय सप्तरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी भावेश रिमालले जानकारी दिए।
भारतको बिहारमा मदिरा प्रतिबन्धित भएपछि पछिल्लो समय नेपालबाट मदिरा तस्करी हुने गरेको छ भने सीमानाकामा भारतको बिहार राज्यबाट मदिरा सेवनकर्ताहरु आउने गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
४