स्थानीय तहकै ठेक्काका कारण चुरे क्षेत्रबाट ढुंगा निकासी

स्थानीय तहकै ठेक्काका कारण चुरे क्षेत्रबाट ढुंगा निकासी

सिरहा : सिरहाको कर्जन्हा नगरपालिका १ बन्दीपुरको चुरे क्षेत्रबाट अवैध रुपमा ढुंगा निकासी भइरहेका छन्। यस क्षेत्रमा पर्ने सिरहाका कर्जन्हा नपा र धनुषाका गणेशमान चारनाथ नगरपालिकाले ६१ लाख रुपैयाँमा कमला नदीको ठेक्का विकास निर्माण सेवालाई दिइएको थियो।

खोलामा ढुंगा सकिएपछि अहिले चुरेक्षेत्रबाट ढुंगा निकासी भइरहेको छन्। दिनहुँ ट्याक्टरले ढुंगा ओर्सादा स्थानीय प्रशासन उदासीन देखिएका छन्। ढुंगा निकासीमा क्रसर उद्योगसँग प्रहरी प्रशासन र स्थानीय तहको मिलोमतो देखिएको स्थानीयको आरोप छ। निर्वाध रुपमा ढुंगा निकासी हुँदा पनि स्थानीय प्रशासनले कुनै रोकटोक नगरेको उनीहरु बताउँछन्। उनीहरु भन्छन,‘सबै प्रहरीसँगको मिलेमतोमा नै काम भइरहेको छ।’

बन्दीपुर आसपासको बालुवा प्रसोधन उद्योगले पनि ढुंगा ल्याउने गरेको देखिएको छ। राती–राती बढी जेसिबी लगाएर ढुंगा उत्खन्न गरिरहेको स्थानीयले बताए। कर्जन्हा नपा वडा १ का अध्यक्ष मोहन केसीका अनुसार पहिले कमला नदीको ढुंगा लग्दै थियो। तटबन्ध बनाउन यही नदीमा ढुंगा चाहिएकोले सुरु सुरुमा रोके। 

‘नदीको सबै ढुंगा तटबन्धको लागि एक ठाउँमा जम्मा गराएको छौँ,’ वडा अध्यक्ष केसीले भने,‘तैपनि अहिले ढुंगा निकाल्दैछ, त्यो नदीको होइन। चुरे क्षेत्रको हो।’ कमला नदीको उत्तरमा पर्ने उदयपुरको सिसनेरी चुरे क्षेत्रबाट ढुंगा निकासी भइरहेको बुझिएको उनले सुनाए। ‘जथाभावी उत्खन्नले पोहोर आएको बाढीले नदी किनारमा लगाएको वन पनि कटान गरेको थियो,’ वडाध्यक्ष केसीले भने,‘हामीले त्यसमा तटबन्ध गर्न नदीको ढुंगा एक ठाउँमा थुपारेर राखेका छौँ।’

अवैध उत्खन्नलाई रोक्न हामीले सक्दैनौँ। सम्बन्धित निकायको चासो पनि नदेखिएको उनले सुनाए। जथाभावी गिट्टी, बालुवा र ढुंगा उत्खन्नले वर्षेनी बाढी आउने गरेको उनले बताए। यस क्षेत्रमा पर्ने कमला नदीको ढुंगा, बालुवा, ग्राभेल, माटो र गिट्टी निकासीको ठेक्का विकास निर्माण सेवा मिर्चैयालाई कर्जन्हा र धनुषाको गणेशमान चारनाथ नगरपालिकाले ६१ लाखमा लगाएका छन्। 

यहाँका प्रशान्त बालुवा प्रशोधन उद्योगले पनि ढुंगाको कारोबार गर्दै आएको स्थानीयले बताए। यी उद्योगहरुले चुरेबाट ढुंगा उत्खन्न गरी ल्याएर निर्माण कार्यमा प्रयोग गरेकाे उनीहरुको भनाइ छ। कमला नदीको किनारै किनार भारतमा नदी जन्य वस्तु पु¥याउने गरेका छन्। दुई दशकपछि विकास निर्माण र जनताको समस्या सुल्झाउन चुनिएका जनप्रतिनिधिले वन र नदी किनारलाई गरिखाने भाडो बनाएका छन्। स्थानीयका समस्यालाई नजरअन्दाज गर्दै उनीहरू धमाधम अवैध ढुंगा र बालुवा निकासीमा लागेको स्थानीयहरुले गुनासो गरे।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालका अनुसार गुनोसो बढेपछि निरिक्षण गर्न पुग्दा नगरपालिकाले ठेक्का लगाएको कागज देखायो। ‘एउटा सरकारी निकायले ठेक्का लगाएको काममा हामीले केही गर्न मिलेन,’ उनले भने,‘अरु निकाय पनि अवैध ढुंगा निकासी रोक्न लाग्नु पर्छ।’  

‘केहीदिन पहिले कमला नदीमा कल्टी लगाएर जोतेर ढुंगा उत्खन्न गरिरहेको सूचना पाउँदा आफ्नो टोली पठाएको थियौँ,’ डिभिजन वन कार्यालय लहानका प्रमुख उपेन्द्रप्रसाद पटेलले भने,‘टोली पुग्दा उत्खन्न गर्नेहरु भागाभाग भएको थियो। हामीले सके जति निगरानी बढाएका छौँ।’  

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.