सौतेनी दाजुभाइको झगडामा बावुको हत्या

सौतेनी दाजुभाइको झगडामा बावुको हत्या

विराटनगर : मोरङको विराटनगर महानगरपालिका–१७ धुनिया बस्तीका २२ वर्षीय चुनु मण्डलले बिहीबार राति चक्कु प्रहार गरेर आफ्नै बावुको हत्या गरेको खुलेको छ ।

राति ९ बजे पारिवारिक झगडाको क्रममा विवाद चर्किँदै गएपछि चुनुले चक्कु प्रहार गरेर ५० वर्षीय बावु शशी मण्डलको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठका अनुसार चक्कु प्रहारपछि गम्भीर घाइते भएका शशीको उपचारका क्रममा राति १० बजे विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो । चक्कुले उनको बायाँ कोखामा गम्भीर चोट लागेको थियो ।

झगडाको स्रोत दुई परिवार
शशीले बहुविवाह गरेका थिए । शशी, उनको जेठी पत्नीतर्फका छोरा २५ वर्षीय आकाश मियाँ मण्डल र कान्छी श्रीमतीतर्फका छोरा चुनुबीच घरयासी विवाद भएको थियो ।

त्यही विवाद बढेर उग्र रुप लिएपछि चुनुले चक्कु निकालेर बुवा शशी र जेठी आमा तर्फका दाजु आकाशलाई प्रहार गरेका थिए । चक्कु प्रहारबाट सौतेनी दाजु आकाश समेत घाइते भएका छन् । उनको पनि नोबेलमै उपचार भइरहेको छ ।

चक्कु प्रहार गर्ने चुनुलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । चक्कु भने प्रहरीले बरामद गर्न सकेको छैन ।

प्रहरीका अनुसार चुनु आपराधिक पृष्ठभुमिका युवा हुन् । उनी नेपालबाट मोबाइल चोरी गरेर भारतमा पु¥याएर बिक्री गर्ने धन्दामा लामो समयदेखि संलग्न रहेको पत्ता लागेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ईन्द्रबहादुर रानाले बताए ।

‘चुनुको आपराधिक फेहरिस्त लामो छ,’ रानाले भने, ‘पटक पटक प्रहरीले पक्राउ गरेर कारवाही समेत गरिसकेको देखिन्छ ।’ चुनुकी पत्नी अप्सरा खातुन समेत चोरी मुद्दामै मोरङ कारागारमा छिन् । पती र पत्नि नै मिलेर चोरी गर्ने र विभिन्न खालका झैझगडा एवं आपराधिक गतिविधि गर्ने गरेको प्रहरी निरीक्षक रानाको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.