दोर्दी कोरिडोर प्रसारण लाइन निर्माण सुरु

दोर्दी कोरिडोर प्रसारण लाइन निर्माण सुरु

बेसीसहर : विद्युत् प्राधिकरणले पूर्वी लमजुङस्थित १३२ केभी दोर्दी कारिडोर प्रसारण लाइनको निर्माण सुरु भएको छ। प्रसारण लाइन तयार भएपछि दोर्दी कोरिडोरमा निर्माणधीन २ सय मेगावाटका आयोजनाको विद्युत यो लाइनमार्फत २२० केभी मस्र्याङ्दी कोरिडोरमा जोडिनेछ।

 
आवश्यक जग्गा अधिग्रहण कार्य सम्पन्न गरेर विद्युत प्राधिकरणले लाइन निर्माणको काम सुरु गरेको हो। कीर्तिपुरदेखि उदिपुरसम्मको १० किलोमिटर लाइन अबको ७ महिनामा सम्पन्न गर्ने गरी काम सुरु गरिएको आयोजना प्रमुख रमेश पौडेलले बताए।

उनका अनुसार लाइनसँगै कीर्तिपुर र उदिपुरमा सबस्टेसनको काम पनि थालिएको छ। नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनीले सबस्टेसन र जोशी एण्ड मुडभरीले लाइन निर्माणको जिम्मा पाएका छन्। प्रसारण लाइनको जग खन्न सुरु गरिएको छ। 

प्रसारण लाइनका लागि आवश्यक उपकरण आयातको काम सम्पन्न भइसकेपछि टावर ठड्याउन र तार तान्न थालिने आयोजनाले जनाएको छ। आवश्यक सबै प्रक्रिया पूरा भइसकेकाले चालु आर्थिक वर्षभित्र लाइन तथा सबस्टेसन निर्माण पूरा हुने पौडेलको दाबी छ।

प्रसारण लाइनको १० किलोमिटर खण्डमा ३३ वटा टावर रहनेछन्। 'डेढ वर्षमा काम सक्ने लक्ष्य हो। समयभित्रै सम्पन्न गर्छौं', पौडेलले भने। मार्पीङचोक-उदीपुर प्रसारण लाइन नबन्दासम्म अन्य लाइन बने पनि विद्युत प्रसारणमा समस्या हुने उनले बताए। 

दोर्दी गाउँपालिकाको ढोडेनी कीर्तिपुरदेखि उदीपुर सवस्टेशन सम्मको १४ किलोमिटर प्रसारण लाइन नबन्दा निर्माणाधीन जलविद्युत आयोजनाहरु अन्योलमा परेका छन्। दोर्दी करीडोरमा निर्माण भइरहेका भइरहेका चारवटा मध्ये दुईवटा विद्युत आयोजनाले यही वर्षको हिउँदमा निर्माण गरिसक्ने बताएका छन्। 

प्रसारण लाईन समयमा नै नबन्दा उत्पादित विद्युत खेर जानेमा प्रवद्र्धकहरु चिन्तित छन्। 'सयममा विद्युत उत्पादन नगरे पनि घाटा छ, 'सुपरदोर्दी 'ख' को निर्माण कम्पनी पिपुल्स हाइड्रोपावरका प्रवन्ध निर्देशक केशव रायमाझी भन्छन्, 'समयमै विद्युत उत्पादन गरेपनि समस्या देखिने अबस्था छ।' ५४ मेगावाटको सुपरदोर्दी 'ख' ०७७ असारमा विद्युत उत्पादन गर्ने तयारीमा छ। 

दोर्दी कोरिडोरमा अहिले २५ मेगावाटको माथिल्लो दोर्दी ए, ५४ मेगावाटको सुपर दोर्दी, २७ मेगावाटको दोर्दीखोला, १२ मेगावाटको दोर्दी-१ लगायत आयोजना निर्माण भइहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.