दशैंमा खसी बोका बिक्रीबाट ६ करोड भित्र्याए पाल्पाली महिलाले

दशैंमा खसी बोका बिक्रीबाट ६ करोड भित्र्याए पाल्पाली महिलाले
पाल्पाका विभिन्न सहकारीमार्फत् दशैंको अवसरमा खसी बोका बिक्री गर्दै महिला। तस्बिर :कृष्ण पोखरेल

तानसेन :   पाल्पाका महिलाले खसी बोका बेचेर  दशैंका लागि लाखौं रुपैयाँ कमाएका छन् । खसी बोकाबाट प्रशस्त आम्दानी भएपछि पाल्पाका महिलाका लागि  दशैं मनाउन खर्चको अभाव छैन ।  हुनेखानेको नेपालीको घरमा दशैंमा एउटा खसीबोका काटेर मासु खाने प्रचलन छ। यही परम्परालाई ध्यानमा राख्दै पाल्पाली महिला उधमीहरूले चार हजार खसीबोका बिक्री गरेर ६ करोड रुपैयाँ गाउँमा भित्राएका छन् । 

निस्दी गाउँपालिका वडा नं.५ गल्धाकी दरिसरा जर्घाले यसपटकको दशैंमा ५ वटा खसीबोका बिक्री गरेर ९५ हजार ४० रुपैयाँ आम्दानी गरेकी छन् । खसी बोकाको आम्दानीले दशैंजस्ता चाडपर्व मात्रै नभइ अन्य घरखर्च चलाउँदै आएको जर्घाले बताइन् । 

गल्घाकै रिन कुमारी राईले पनि दशैंको समयमा गाउँमै तौलिएर ५ वटा खसीबोका बिक्री गरी ९९ हजार ६ सय ३० रुपैयाँ आम्दानी गरेकी छन् । आफ्नो प्रमुख आम्दानी नै बाख्रा पालन भएको र वर्षमा एक दुई लाख रुपैयाँ खसी बोका बिक्री गरेर आम्दानी गर्दै आएको राईले बताइन् । 

null

वर्षौदेखि नै दशैं तिहारजस्ता चाडपर्वमा खसी बोका बेचेर नै मनाउँदै आएको राईले बताइन् ।  दशैंका लागि स्वाबलम्वन सामाजिक उधमी महिला सहकारी संस्था निस्दी ४ पाल्पाले २ सय ५० खसीबोका बिक्रीबाट ३३ लाख रुपैयाँ,गल्धा सामाजिक उधमी महिला सहकारी संस्थाले निस्दी ५ गल्धाले ५ सयवटा खसी बोका बिक्रीबाट ७५ लाख ४० हजार, जलदेवी सामाजिक उधमी महिला सहकारी संस्थाबाट ३ सय ५० खसीबोका बिक्रीबाट ४७ लाख रुपैयाँ,मनकामना सामाजिक उधमी महिला सहकारी संस्था पूर्वखोला १ सिलुवाबाट ४ सय खसीबोका बिक्रीबाट ५४ लाख रुपैयाँ २८० वटा, उपहार सामुदायिक उधमी महिला सहकारी संस्था रम्भा २ फोक्सिङकोटले ४ सय खसीबोका बिक्रीबाट ५६ लाख ६० हजार रुपैयाँ आम्दानी गरेका छन् । 

मिलनसार सामुदायिक उधमी महिला सहकारी संस्था तानसेन १३ बौघापोखराथोकल  ३ सय ५० खसी बोका बिक्रीबाट ५४ लाख ६० हजार, खानीछाप सामुदायिक उधमी महिला सहकारी संस्था बगनासकाली ४ खानीछापले २ सय ५० वटा खसी बोका बिक्रिबाट ३४ लाख २० हजार, शुभसन्देश कृषि तथा पशु विकास महिला सहकारी संस्था पुर्वखोला २ जल्पाले २ सय ५० वटा खसी बोका बिक्रीबाट ३४ लाख रुपैयाँ आम्दानी गरेका छन् । पाल्पामा खसी बोकाको कारोवार गर्दै आएका  १४ वटा सहकारीहरूले वार्षिक रुपमा १२ हजारसम्म र दशैमा मात्र ४ हजार खसी बोका बिक्री गर्ने गरेका छन्।

null

दशैं- तिहार जस्ता चाडपर्वमा भारतीय बजारबाट खसी बोका भित्रिने गरेपनि केहि वर्षयता पाल्पामा खसी बोका खरिद गर्न बुटवल भैरहवा,नारायाणघाट, पोखरा, विरगंजसम्मका व्यापारीहरू पुग्ने गरेका छन् । महिलाले उत्पादन गरेका खसी बोकाहर व्यापारीहरूले सहकारीमार्फत खरिद गर्दै आएका छन् । 

गाउँगाउँमा स्वरोजगार बढाउन, पशुपालनमा वृद्धि गर्न रम्भा गाउँपालिकाले  खसी बोका पालन गर्ने किसानलाई प्रोत्साहनस्वरुप प्रति केजी २५ रुपैयाँ अनुदान दिँदै आएको छ । रम्भाले वडा नंं २ फोक्सिङकोट लाई बाख्रा पकेट क्षेत्रको रुपमा घोषणा गरी कार्यक्रम गर्दै आएको पालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए । 

null

गाउँगाउँमा महिला उपभोक्तालाई संगठित गर्ने, समूह बनाउने र समूहलाई सहकारीमा जोडी उनीहरूको बजारसँग जोड्ने प्रविधि,सीप सहयोग गर्ने, उधमी बन्नका लागि आवश्यक पर्ने सहुलियत ऋणको लागि हेफर इन्टरनेशनल नेपालले सहयोग गर्दै आएको  संस्थाका  कार्यक्रम अधिकृत शोभाखर न्यौपानेले बताए । 

महिला सचेतीकरणको कारण गाउँगाउँमा महिला उधमीहरू विचौलियबाट ठगिनबाट बच्दै बजारमुल्य अनुसार खसी बोका बिक्री गर्न पाएका छन। हेफरले  पाल्पामा  विभिन्न १५ वटा सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ३४४ वटा समूहका ६ हजार ९ सय ७३ घरपरिवारमा  उत्पादनलाई बजारसँग जोड्ने, आधुनिक प्रविधि तथा सिपको बारेमा जानकारी गराउने,व्यवसायका लागि आवश्यक पुँजी सहयोग गर्दै आएको छ । 

null

५ वर्षअघिसम्म पाल्पामा भारतीय खसी बोकाको व्यापार राम्रो थियो । तानसेन बजारमा भारतीय बजारबाट आएका खसी बोकाको मासु बिक्री  हुन्थ्यो । केही वर्षदेखि नै पाल्पा मासु खसी बोकाको मासुमा आत्मनिर्भर भएको छ ।  अहिले तानसेनका मासु पसलमा स्थानीय खसी बोकाको मासु बिक्रीहुँदै आएको छ । दशैंमा मासुको अत्याधिक खपत हुने भएकाले अधिकांश उपभोक्ताले स्थानीय जिउँदो खसी नै खरिद गर्दै आएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.