जाडोमा किन खाने गुड?

जाडोमा किन खाने गुड?

काठमाडौं : जाडो सुरु भएको छ।जाडोसँगै प्रदूषणको प्रकोप पनि बढिरहेको छ।यतिबेला अधिकांश मानिस प्रदूषणका कारणले विभिन्न स्वास्थ्य समस्याबाट गुज्रिरहेका छन्। रुघाखोकी लाग्ने, घाँटी दुख्ने, टन्सिल बढ्ने र निमोनियाजस्ता रोगबाट प्रभावित हुने बिरामीको संख्या दिनप्रतिदिन बढ्दो  छ।जाडोमा स्वास्थ्यप्रति ख्याल राख्न विज्ञहरुले सुझाएका छन्।  

जाडोमा विभिन्न समस्याबाट बच्न स्वस्थ्य खानाको साथै आरामको आवश्यक पर्छ।खानपानमा विशेष ख्याल राख्न सके पनि कतिपय रोग लाग्नबाट बच्न सकिन्छ।प्रदूषणबाट बच्न घरेलु उपाय सबैभन्दा राम्रो मानिन्छ।घरेलु उपायअन्तर्गत गुड लिन सकिन्छ। गुडले शरीरमा भएको खराब तत्वलाई बाहिर निकाल्ने काम गर्छ।त्यसैले गुडको विशेषता थाहा पाएकाहरु खानापछि गुड खाने गर्छन्।गुडले पाचनको काम गर्ने भएकाले खानापछि गुड खानु राम्रो मानिन्छ।

साथै गुडले पाचनक्रियालाई ठीक राख्छ।यतिमात्र नभएर गुड दम रोगीका लागि फाइदाजनक हुन्छ।यसले एन्टीबायोटिकको काम गर्ने भएकाले दम रोगीका लागि गुड फाइदाजनक हुन्छ।

एक चम्चा मक्खनमा अलकति गुड मिसाएर दिनको ३-४ पटक खाँदा शरीरलाई निकै फाइदा हुन्छ।गुड तोरीको तेलमा मिलाएर खाँदा श्वासप्रश्वासम्बन्धी समस्याबाट छुटकरा पाउन सकिन्छ।

के पाइन्छ गुडमा

गुड एक अौषधि तत्व भएको खान्की हो।यसमा आइरन, क्याल्सियम, फस्फोरस,आयरन कपरको मात्रा प्रशस्त रहेको हुन्छ। यसमा क्याल्सियम,फस्फोरस,आयरन कपरको मात्रा  प्रशस्त रहेको हुन्छ। गुडमा सुक्रोज ५९.७ प्रतिशत,ग्लुकोज २१.8 प्रतिशत,खनिज तरल 26 प्रतिशत र पानीको मात्रा ८.८६ प्रतिशत रहेको हुन्छ।

एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.