१२ वर्षीया बालिका बलात्कार गर्ने चार वर्षका लागि जेल चलान

१२ वर्षीया बालिका बलात्कार गर्ने चार वर्षका लागि जेल चलान

राजविराज : १२ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा सुरूङ्गा नगरपालिका- ४ मधुपट्टीका २४ वर्षीय रमा भनिने रमाकान्त चौधरीलाई अदालतले चार वर्ष कैद सजायको फैसला गरेको छ।

अदालतबाट १६ महिना अघि धरौटीमा रिहा भएका आरोपितविरुद्धको अभियोग दावी पुगेको भन्दै जिल्ला अदालत सप्तरीले चार वर्ष कैद सजायको फैसला गरेको अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिए।

जिल्ला अदालतकै आदेशमा चौधरी ०७४ भदौ १ गते पुर्पक्षका लागि ४० हजार धरौटी राखी तारेखमा रिहा भएका थिए। पीडितकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएपछि प्रहरीले आरोपितलाई ०७४ साउन १२ गते गिरफ्तार गरी मुद्दा चलाएको थियो।

सुरूङ्गा नगरपालिका- ४ स्थित हरीनारायण चौधरीको फुलबारीमा ०७४ साउन ७ गते बलात्कार प्रयास गरेको पीडितले आरोप लगाएकी थिइन्।आरोपितले भने फूलबारीमा नसोधी घाँस काटेकाले घाँस खोसेको तर बलात्कार प्रयास नगरेको बताउँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.