घेवामा सहभागी भएर फर्किदा दुर्घटना : १६ को मृत्यु, २० घाइते (अपडेट)

घेवामा सहभागी भएर फर्किदा दुर्घटना : १६ को मृत्यु, २० घाइते (अपडेट)

 नुवाकोट : घ्याङफेदीको घ्याङडाँडामा मिनिट्रक दुर्घटना हुँदा १६ जनाको ज्यान गएको छ। घेवामा सहभागी भएर घर फर्कंदा दुर्घटना भएको हो।

घ्याङडाँडा सदरमुकाम विदुरदेखि ५० किलोमिटरपूर्व दुप्चेश्वर गाउँपालिका–१ मा पर्छ। शुक्रबार साँझ खचाखच यात्रु बोकेको बा३ख ३९१३ नम्बरको आइचर मिनीट्रक पल्टिँदा अन्य २० जना घाइतेसमेत भएका छन्।

‘१६ यात्रुको शव फेला परेको छ। २० जना घाइते छन्’, उद्धारमा सहभागी हेल्पिङ हेन्ड्स युथ क्लबका साजन तामाङले टेलिफोनमार्फत भने। 

घ्याङफेदीको सिम्टाङबाट सिसिपु पुगेर फर्कंदै मिनिट्रक फर्कंदै गरेको थियो। दुर्घटनामा ज्यान गुमाउने र घाइते अधिकांश पुरुष छन्। कच्ची सडकबाट ३ सय मिटर तल तादी खोलामा ट्रक खसेको थियो।

दुर्घटनामा ज्यान गुमाएकाको शुक्रबार अबेरसम्म पनि सनाखत हुन सकेको छैन। मृतक र घाइते सबै सिसिपु गाउँका रहेका उद्धारकर्मी साजनले जानकारी दिए। 

ट्रक दुर्घटनापछि सिसिपु गाउँ शोकमा डुबेको छ। ट्रक पूर्वी मोहडातर्फको भीरबाट धेरै पटक पल्टँदै तादी खोलामा पुगेको हो। ट्रकमा ४० यात्रु सवार रहेका प्रहरीले बताएको छ।

हताहतीको खबर आएलगत्तै जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रशासकीय अधिकृत नन्दलाल शर्मा र जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराई नेतृत्वको उद्धार टोली पठाइएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए। 

उद्धारका लागि नाइटभिजन हेलिकोप्टर मगाइएको छ। इलाका प्रहरी कार्यालय समुन्द्रटारबाटसमेत प्रहरी परिचालन गरिएको छ।

घाइतेको रातिसम्म पनि उद्धार जारी छ। उद्धारकर्ताले ज्यान गुमाउनेको शव भीरमा छरपष्ट रहेको जानकारी दिएका छन्। केहीले गाडीबा हामफालेर ज्यान जोगाएका छन्। मृतकको संख्या बढ्न सक्ने स्थानीयको अनुमान छ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.