नुवाकोट मिनीट्रक दुर्घटना : सबै मृतकको सनाखत
![नुवाकोट मिनीट्रक दुर्घटना : सबै मृतकको सनाखत](https://annapurnapost.prixacdn.net/media/albums/nuwakot-ghyangdada-accident-ghite_20181215051607_RX72MNgkjQ.jpg)
विदुर : नुवाकोटको दुप्चेश्वर गाउँपालिकास्थित घ्याङफेदीको घ्याङडाँडामा शुक्रबार बेलुकी भएकोे मिनीट्रक दुर्घटनामा ज्यान गुमाउने २० जनाकै खनाखत भएको छ । १५ जना घाइतेकोे पनि पहिचान भएको छ । (सूची तल)
दुर्घटनामा ३ महिला र १७ पुरुषको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार १८ जनाको घटनास्थलमै एक जनाको उपचारका लागि अस्पताल लैजादैँ गर्दा र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृतक सबैको शव संकलन गरि घ्याङडाँडामा राखिएको छ । शवको पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीबाट चिकित्सकको टोली पठाइएको छ।
दुप्चेश्वर गाउँपालिकामा पर्ने घ्याङडाँंडा सिन्धुपाल्चोकसँग सीमाना जोडिएको दुर्गम क्षेत्र पर्छ । दुर्घटनास्थल अप्ठेरो भीर रहेको र अत्याधिक चिसोका कारण उद्धारमा समय लागेको गाउँपालिका अध्यक्ष योविन्द्रसिह तामाङ बताए ।
दुर्घटनामा घाइते भएका १५ जनाको काठमाडौंको त्रिवि शिक्षण अस्पताल र विपी स्मृति अस्पतालगायतमा उपचार भइरहेको गाउँपालिका अध्यक्ष तामाङले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार
मृतकहरु
घ्याङफेदीको सिसिपुका
२७ वर्षीया विभिमाया तामाङ,
१४ वर्षीया सीता तामाङ
३६ वर्षीया सुनश्री तामाङ
सिसिपुकै
२४ वर्षीय शुकराम तामाङ,
३९ वर्षीय सेनम लामा,
५५ वर्षीय टोकले तामाङ,
२२ वर्षीय मंगले तामाङ,
४४ वर्षीय आइत तामाङ,
४० वर्षीय सेल्वोन तामाङ,
६० वर्षीय खाम्सुङ तामाङ,
३२ वर्षीय रिवल तामाङ,
२० वर्षीय भीमबहादुर तामाङ,
४३ वर्षीय मिङमार तामाङ,
३७ वर्षीय छोवाङसोनाम तामाङ,
३४ वर्षीय लक्ष्मण तामाङ,
४६ वर्षीय वीरवहादुर तामाङ,
२० वर्षीय कृष्ण तामाङ,
५० वर्षीय मीनवहादुर तामाङ,
४५ वर्षीय सुने लामा
शिखरबेसीका
१५ वर्षीय रितेश पण्डित
उपचाररत घाइतेहरु
घ्याङफेदीको सिसिपुकै
२२ वर्षीय छिरिङ तामाङ,
४० वर्षीय रामवहादुर तामाङ,
१७ वर्षीय रामु तामाङ,
२६ वर्षीय साहिला तामाङ,
२३ वर्षीय शिरमेन्दो तामाङ,
३८ वर्षीय मुइजित तामाङ,
४९ वर्षीय वीरवहादुर तामाङ,
३८ वर्षीय लक्ष्मण तामाङ,
३३ वर्षीय चन्द्रवहादुर तामाङ,
२६ वर्षीय शुकराम तामाङ,
सावित्री तामाङ,
यारिमेन्दो तामाङ,
रामभक्त थापा
मानवहादुर तामाङ
मृतक विभिमाया तामाङ की ९ महिनाकी छोरी
घाइतेको स्थिति सुधारोन्मुख रहेको अस्पतालार्इ उद्धृत गर्दै गाउँपालिका अध्यक्ष तामाङले जानकारी दिएका छन् ।
सदरमुकाम विदुरदेखि ५० किलोमिटर दूरीमा रहेको दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट शुक्रबार साँझ घ्याङफेदीको सिसिपुतर्फ जाँदै गरेको बा ३ ख ३९१३ नंं को मिनीट्रक घ्याङडाँडामा दुर्घटना भएको थियो ।
कच्ची र साँघुरो सडक भएका कारण घुमाउरो मोडमा टायर सडकबाट बाहिर गई दुर्घटना भएको अनुमान गरिएको छ । मिनी ट्रक खोलामा पुगी क्षतिग्रस्त भएको छ ।
सवारी साधनको अभावका कारण घाइतेलाई अस्पताल पठाउन ढिला भएको उद्धारकर्मी साजन तामाङले बताए। घाइतेलाई राति अबेर मिनीट्रकमा राखेर रामतीसम्म पठाइएको र त्यहाँ ल्याएपछि मात्र एम्बुलेन्समार्फत काठमाडौँ अस्पताल लगिएको साजनले जानकारी दिए ।
मिनीट्रकममा ४० भन्दा बढी यात्रु सवार रहेको बताइएको छ । दुर्घटनापश्चात् कोही हामफालेका र कोही मिनीट्रकको पछाडि भएकाले खसेर ज्यान जोगाएका थिए ।
सिम्टाङस्थित आफन्तको घरमा भएको अन्तिम संस्कार(घेवा)मा सहभागी भएकासहित अन्य यात्रु बोकेको रिजर्भ गाडी सडकमार्गबाट तीनसय मिटर तल खसेर घ्याङडाँडामा दुर्घटनामा परेको स्थानीयबासी कर्मजीत तामाङले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)