स्कुलमा बिहान पढाई, दिउँसो महोत्सव

स्कुलमा बिहान पढाई, दिउँसो महोत्सव

रुकुमकोट : मंसिर महिनाको मुटु काम्ने जाडोमा रुकुम पूर्वको सिस्ने–५, रुकुमकोटमा रहेको रुक्मिनी माध्यामिक विद्यालयका विद्यार्थी आजकाल बिहानको झिसमिसेमै लुगलुग काम्दै विद्यालयतर्फ गइरहेका हुन्छन्। जाडोको पर्वाह नगरी यति बिहानै विद्यालय जानु पर्ने बाध्यता आइलाग्नुको कारण हो एक नीजि कम्पनीको महोत्सव।  नियमित विद्यालय लाग्ने समय १० बजेदेखि ४ बजेसम्म महोत्सव चल्छ। यसै कारण विद्यालयको पठनपाठन लाई सारिएको छ। 

यही मंसिर २५ गतेदेखि सुरु भएको प्रथम रुकुमपूर्व पर्यटन तथा सांस्कृतिक महोत्सव आगामी पौष ५ मतेसम्म चल्ने आयोजकले बताएका छन्। विद्यालयको प्राङगणमा महोत्सव गर्दा नियमित पठनपाठनलाई बाधा पुग्ने भएकाले अन्य स्थानमा महोत्सव गर्न सरोकारवालाहरुले अनुरोध गरेपनि आयोजकले त्यहि गर्ने ढिपी कसेका थिए। 

पछि विद्यालय व्यवस्थानपन समिति र महोत्सव आयोजक संस्था रुकुम पूर्व चेम्बर अफ कमर्सका बीच विद्यालयलाई दुई लाख आर्थिक सहयोग गर्ने सहमति भएपछि महोत्सवका लागि विद्यालयले स्थान उपलब्ध गराइएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशवचन्द्र समाल बताए। 

कमल तालको छेउमा रहेको बिद्यालयमा बिहान एकदम चिसो हुने भएकाले १ कक्षादेखि ६ कक्षासम्मका विद्यार्थीलाई साढे ८ बजे देखि १२ बजेसम्म साढे तीन घण्टा र कक्षा ६ देखी ११ सम्मका विद्यार्थीका लागि बिहान साढे ६ बजेदेखि १२ बजेसम्म साढे ५ घण्टा पढाई सञ्चालन भइरहेको विद्यालयका प्रधानाध्यापक कृष्ण गौतमले बताए। ‘हामि विद्यार्थीको पढाइप्रति गम्भीर छौं। यसकारण केही दिनका लागि बिहान पठनपाठन भइरहेको छ।’ प्रधानाध्यापक गौतमले भने, ‘महोत्सव सकिने बित्तिकै हामी दिउँसो पढाइ सञ्चालन गछौं।’

विद्यालयको नियमित शैक्षिक कार्यतालिका अनुसार विद्यार्थीको पठनपाठनका लागि बिहान १० बजेदेखि ४ बजेसम्म ६ घण्टा तोकिएको छ र यस बिचमा एक घण्टा विश्राम गराउनुपर्छ। तर यहाँ जम्मा साढे तीनदेखि साढे ५ घण्टा त्यो पनि बिनाबिश्राम भइरहेको छ। 

बिहानको चिसोमा पठनपाठन पानि प्रभावकारी हुन नसकेको विद्यालयका शिक्षकहरु नै बताउँछन्।  विद्यालयलाई आम्दनी हुन्छ भनेर नियमित पठनपाठलाई बिहान सरेर दिउसो महोत्सव गर्नु राम्रो नभएको विद्यार्थी र अभिभावकको गुनासो रहेको छ। महोत्सव उद्घाटनका दिन मंसिर २५ गते नियमित पढाई रोकेर विद्यार्थीलाई बिना जानकारी महोत्सवको कार्यक्रममा सहभागी गराएको थियो। बिषयमा अन्नपूर्ण पोस्ट्मा समाचार प्रकाशित भएको थियो। पछि विद्यालय प्रशासनले पढाई नरोकिने भन्दै  दिउँसोको पठन–पाठनलाई बिहान सार्ने निर्णय गरेको थियो। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.