नेपालगन्जका २० ठाउँबाट एकसाथ सरसफाई अभियान

नेपालगन्जका २० ठाउँबाट एकसाथ सरसफाई अभियान

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा शनिबार एकसाथ दुई दर्जन स्थानबाट सरसफाई महाअभियान सुरु भएको छ।

उपमहानगरपालिका प्रमुख डा. धवलशमशेर राणा र उपप्रमुख उमा थापा मगरले वीपी चोकस्थित नगर कार्यपालिकाको कार्यालय अगाडिबाट अभियानको शुभारम्भ गरेपछि बिहान ८ बजे नगरका २० स्थानबाट एकसाथ अभियान सुरु भएको हो।

सुर्खेत रोडमा उपमहानगरका पदाधिकारी र वडा वडामा वडाध्यक्षको नेतृत्वमा सरसफाई गरिएको थियो। मास्क, पन्जा र फोहर राख्ने ब्यागसहित सहभागीले एकीकृत रुपमा सरसफाइ गरेका थिए।

‘हाम्रो नेपालगञ्ज सफा नेपालगञ्ज’ भन्ने नारासहितको अभियानमा विश्व सरसफाई अभियन्ताद्वय राजमान मानव र सुशीला महर्जनले अभियानमा साथ दिएका थिए। उनीहरुले एक महिनादेखि नेपालगञ्जका सडक, टोल, गल्ली एक्लैएक्लै सफाई गर्दै आएका थिए।

नेपालगञ्ज उपमहानगरपालिका, नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजना तथा इन्प्रोकको सहआयोजनामा वडा कार्यालय, सरकारी निकाय, विभिन्न सामाजिक संघसंस्था, प्रहरी, सेना, शिक्षालयलगायतको सहकार्यमा नगरका अधिकांश सडकमा सरसफाई गरिएको हो। जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी, उद्योगी व्यवसायी, पेशागत संघ संगठनका प्रतिनिधिलगायतको सहभागिता थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.