नातिले गरे बाजेबज्यैको हत्या

नातिले गरे बाजेबज्यैको हत्या

बैतडी : बैतडीको सुर्नया गाउँपालिका वडा नं ७ पत्थरकोटमा नातिले आफ्नै बाजे र बज्यैको हत्या गरेका छन्। मानसिक सन्तुलन ठिक नभएका २५ वर्षीय लोकेन्द्र कुँवरले ८४ वर्षका बाजे गगन कुँवर र ७६ वर्षकी बज्यै नारु कुँवरको चिरपटले हानेर हत्या गरेको प्रहरीले जनाएको छ।

शनिबार बिहान ११ बजेर २० मिनेटको समयमा लोकेन्द्रले दाउराको चिरपटले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए।

बाजे बज्यैको हत्या गर्ने लोकेन्द्रलाई शंकरपुर प्रहरीचौकीले नियन्त्रणमा लिएको उनले बताए। घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीको नेतृत्व टोली खटाएको प्रहरीले जनाएको छ। 

घरमा बसिरहेका बेला लोकेन्द्रले एक्कासी बाजेबज्यैलाई चिरपटले प्रहार गरेको प्रारम्भिक रुपमा बुझिएको प्रहरी नायव उपरीक्षक गिरीले बताए। उनले भने ‘बाजेबज्यैको हत्या गर्ने लोकेन्द्र मानसिक सन्तुलन ठिक नभएका बुझिएको छ। यसको बारेमा थप अनुसन्धान गर्न प्रहरी टोली खटिसकिएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.