अर्थमन्त्रीको राजीनामा माग्दै शेयर लगानीकर्ताहरु आमरण अनसनमा
काठमाडौं : गिर्दो शेयर बजार सुधारमा सरकारले बेवास्ता गरेको भन्दै लगानीकर्ताहरु आमरण अनसनमै बसेका छन् ।
यसअघि एक साता लामो रिले अनसनमा बसेका उनीहरु आफ्ना मागलाई बेवास्ता गरेको भन्दै पुस २ गतेदेखि आमरण अनसनमा बसेका हुन् । विभिन्न १० बुँदे माग अघि सारेर उनीहरु हिंहदरबारस्थित स्टक एक्सचेन्जको कार्यालय अगाडि अनसनमा बसेका हुन् ।
शेयर बजार बढाउन नभएर सुधारको लागि आफूहरु अनसनमा बसेको उनीहरुको दावी छ । यस क्रममा उनीहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा समेत माग गरेका छन् ।
अनसनका संयोजक रहेका हरि ढकालले आफ्ना माग सुनुवाइ गर्नुको सट्टा सरकारले वार्ताका नाममा भड्काएको आरोप लगाउँदै आमरण अनसन गर्नु परेको बताउँछन् ।
उनका अनुसार आफ्ना माग पूरा भएकोको अवस्थामा शेयर बजार प्राकृतिक रुपमा अघि बढ्ने छ ।