सेयर बजार घट्यो
काठमाडौं : आइतबार र सोमबार उकालो लागेको सेयर बजार मंगलबार भने पुनः ओरालो लागेको छ।नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक तीन दशमलव शून्य आठ विन्दुले घटेर एक हजार १४१ दशमलब १० विन्दुमा पुगेको छ।
यस्तै 'क' वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत आज शून्य दशमलब ७६ विन्दुले घटेको छ। कूल १६४ कम्पनीको १२ लाख ८६ हजार ५७५ कित्ता शेयर रु ३८ करोड ३२ लाख ९३ हजार १२० मूल्यमा खरिद बिक्री भएका छन्।
स्टककाअनुसार कारोवार भएका दश उप-समूहमध्ये आज तीन उप-समूहको मात्रै सेयर कारोवारमा वृद्धि भएको छ।त्यसमा वित्त शून्य दशमलब एक सात, उत्पादन १३ दशमलब ८१, अन्य शून्य दशमलब ६२ विन्दुले बढेको छ।
बैंकिङ दुई दशमलब ६८, होटल १४ दशमलब ६८, विकास बैंक एक दशमलब ९३, जलविद्युत् तीन दशमलब आठ, निर्जीवन बीमा २८ दशमलब नौ, लघुवित्त १० दशमलब २५ र जीवन बीमा २५ दशमलब ७३ विन्दुले घटेको छ।
घटेको बजारमा गुह्येश्वरी मचेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, प्रोग्रेसिभ फाइनान्स, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, सेन्ट्रल फाइनान्स कम्पनीका सेयरधनीले कमाएका छन्।
मन्जुश्री फाइनान्स कम्पनी, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, आरएमडिसि लघुवित्त वित्तीय संस्था, पञ्चकन्या माई हाइड्रो पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन्।रासस
प्रतिक्रिया दिनुहोस !