फुटबललाई झट्का

विश्वकप चलिरहँदा फिफाले गर्‍यो नेपाललाई प्रतिबन्ध

विश्वकप चलिरहँदा फिफाले गर्‍यो नेपाललाई प्रतिबन्ध
सुन्नुहोस्

काठमाडौं : अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बुधबार फिफाको ब्युरो अफ द काउन्सिलले विधानको धारा १६ बमोजिम नेपाललाई अर्को सूचना नआएसम्मका लागि  प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

नेपाललाई फिफाले पहिलो पटक प्रतिबन्ध लगाएको हो।

तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर फिफाले नेपाललाई प्रतिबन्ध लगाएको छ। २४ जुन २०२६ देखि लागू हुने गरी एन्फाले फिफा विधानको धारा १३ मा उल्लेख गरिएका सदस्यतासम्बन्धी सम्पूर्ण अधिकारहरू अर्को सूचना नआउञ्जेल गुमाएको फिफाले जनाएको छ। 

फिफाले एन्फाका पदाधिकारी, कर्मचारी तथा सदस्यहरूलाई फिफा वा एएफसीका विकास कार्यक्रम, तालिम तथा प्रशिक्षणमा समेत सहभागी हुन नपाइने स्पष्ट पारेको छ। परिपत्रमा एन्फा निलम्बित अवस्थामा रहेकाले विश्वभरका सदस्य संघ तथा सम्बद्ध निकायहरूलाई एन्फा वा एन्फासँग सम्बन्धित टोलीहरूसँग कुनै पनि खेलकुदसम्बन्धी सम्पर्क नगर्न पनि आग्रह गरिएको छ।

फिफाले भने परिस्थितिमा सुधार आएमा अर्को फिफा परिषद् बैठकअघि नै निलम्बन फुकुवा गर्न सकिने उल्लेख गरेको छ। 

यसअघि राष्ट्रिय खेलकुद परिषदले पनि अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तीन महिनाका लागि निलम्बन गरेको थियो। जुन महिला फुटबल टोलीलाई साफ च्याम्पियनसिप खेल्न जानु अघि फुकुवा गरिएको छ। एन्फाले गर्न लागेको संघीय चुनावको स्वीकृति राखेपले नदिएपछि यसलाई फिफा र एएफसीले यसलाई तेस्रो पक्षको हस्तक्षेप भनेको थियो। पंकज विक्रम नेम्वाङको कार्यसमितीको कार्यअवधि पनि समाप्त भइसकेको छ।

निलम्बन कायम रहुञ्जेल एन्फाका प्रतिनिधि तथा क्लब टोलीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन्। विश्वकपमा अहिले समूह चरणका खेलहरु जारी रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.