रोनाल्डोको ऐतिहासिक कीर्तिमान

रोनाल्डोको ऐतिहासिक कीर्तिमान

काठमाडौं : पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकपमा अर्को ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। विश्व फुटबलमा आफ्नो नाम अझै चम्काउने क्रममा रोनाल्डोले विश्वकपका ६ फरक संस्करणमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन्। उनले सन् २००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६ गरी लगातार ६ विश्वकपमा गोल गर्ने दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।

समूह ‘के’को पहिलो खेलमा डेमोक्रेटिक रिपब्लिक अफ कंगोसँगको खेलमा गोल गर्न असफल भएका रोनाल्डो उज्वेकिस्तानविरुद्ध दुई गोल गर्दै ६ विश्वकपमा गोल गर्ने एक्लो खेलाडी बनेका हुन्। 

उज्वेकिस्तानविरुद्धको खेलमा दुई गोल गरेपछि ४१ वर्षीय रोनाल्डोले पोर्चुगलका महान् खेलाडी युसेबियोको नाममा रहेको पोर्चुगलका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि आफ्नो बनाए। उनले युसेयिबोको नाममा रहेको नौ गोलको कीर्तिमान तोड्दै १० गोल गरेका हुन्। 

रोनाल्डोको विश्वकप यात्रा सन् २००६ मा सुरु भएको थियो। त्यसयता उनले प्रत्येक विश्वकपमा गोल गर्दै निरन्तरता, फिटनेस र उत्कृष्ट प्रदर्शनको अनुपम उदाहरण प्रस्तुत गर्दै आएका छन्। विश्व फुटबलको सर्वोच्च निकायले फिफाले यसअघि उनलाई पाँच फरक विश्वकपमा गोल गर्ने पहिलो पुरुष खेलाडीका रूपमा मान्यता दिएको थियो। यो कीर्तिमानलाई रोनाल्डोले बुधबार राति थप उचाइमा पु¥याएका छन्।

रोनाल्डोले सन् २००६ को डेब्यु विश्वकपमा एक गोल गरेका थिए। यस्तै सन् २०१० र २०१४ मा पनि उनले एक/एक गोल गरेका थिए। यस्तै सन् २०१८ मा भने स्पेनसँगको खेलमा ह्याट्रिकसहित चार गोल गरेका थिए। सन् २०२२ मा एक गोल गरेका उनले उत्तर अमेरिकाका मेक्सिको, अमेरिका र क्यानडामा जारी विश्वकपमा दुई गोल गरिसकेका छन्।

रोनाल्डो विश्वकपमा गोल गर्ने दोस्रो पाका खेलाडीसमेत बनेका छन्। उनले ४१ वर्ष १३८ दिनको दिन उज्वेकिस्तानविरुद्ध दुई गोल गरेका हुन्। यसअघि क्यामरुनका रोजर मिल्लाले ४२ वर्ष ३९ दिनका दिन सन् १९९४ को विश्वकपमा रसियाविरुद्ध गोल गरेका थिए।

विश्व फुटबलका महान् खेलाडीमध्ये एक मानिने रोनाल्डोको यो उपलब्धिले उनको लामो र सफल अन्तर्राष्ट्रिय करियरलाई अझ विशेष बनाएको छ। उमेरले ४१ वर्ष कटिसक्दा पनि विश्वकपजस्तो उच्चस्तरीय प्रतियोगितामा कीर्तिमान कायम गर्नु उनको समर्पण, मेहनत र असाधारण क्षमताको प्रमाण पनि हो। फुटबल समर्थकहरूका लागि रोनाल्डोको यो उपलब्धि केवल एउटा कीर्तिमान मात्र होइन, दुई दशकभन्दा लामो समयसम्म निरन्तर उत्कृष्ट लय कायम राख्न सक्ने प्रेरणादायी उदाहरण पनि बनेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.