तीन दिनदेखि हराएका युवक मृत भेटिए
लिबाङ : तीन दिनदेखि हराइरहेका पूर्वी रोल्पाका एक युवक खोलामा मृत अवस्थामा भेटिएका छन् ।
हराइरहेका सूर्य बुढाथोकी पूर्वी रोल्पाको सुनिल स्मृति गाउँपालिका दोम्फेको लुंग्री खोलामा सोमबार मध्यान्ह मृत फेला परेका हुन् । लुंग्री गाउँपालिका–५ सवारका २८ वर्षीय बुढाथोकी शनिबारदेखि हराइरहेका थिए । रुइनीबाङ बजारबाट घरतर्पm लागेका उनी बाटैबाट सम्पर्क विहिन थिए ।
परिवारले खोजविनका लागि प्रहरीमा समेत निवेदन दिँदा इलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरीक्षक सुरेन्द्र धमालाको नेतृत्वमा उनको खोजी भएको थियो ।दोम्फेको सडकमा पर्स र झोला देखिएको सूचनाका आधारमा प्रहरी र आफन्त घटनास्थल पुगेका थिए । ठाडो भीर छिचोल्दै प्रहरी खोलामा पुग्दा बुढाथोकीको शव खोलाको पानीमुनि थियो ।
‘ग्रावेल गरिएको कच्ची सडकको डिलबाट उनी खसेर मृत्यु भएको आशंका छ,’, इलाका प्रहरी ईन्चार्ज धमलाले भने, ‘टाउकोमा चोट देखियो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’
बुढाथोकीको पर्स र झोला भेटिएको स्थानमा दुईवटा रक्सीको बोतल समेत फेला परेको प्रहरीले जनाएको छ । किनमेल सकाएर शनिबार राती ८ बजे उनी रुईनीबाङ वजारबाट घरतर्पm हिँडेका थिए । बुढाथोकीको शव प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमो पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएको छ ।