समुदायको पक्षमा वन ऐन ल्याउन सरोकारवालाहरुको सुझाव

समुदायको पक्षमा वन ऐन ल्याउन सरोकारवालाहरुको सुझाव

काठमाडौं : सरकारले वन विधेयक–२०७५ ल्याउने तयारी गरिरहँदा सम्बन्धित सरोकारवाला समूहले चासो देखाएका छन् । यसमै केन्द्रित रहेर केही सातायता सरोकारवालाहरुले राजधानीमा बहस र अन्तरक्रिया गर्दै आएका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघको आयोजनामा आइतबार राजधानीमा आयोजित अन्तरक्रियाको क्रममा उनीहरुले सरकारले ल्याउन लागेको विधेयकमा थुप्रै बुँदा समुदायको हित प्रतिकुल भएको भन्दै विरोध जनाए ।

वन ऐन–२०४९ ले समुदायलाई दिएको अधिकार पनि कुण्ठित गर्दै वर्तमान सरकारले पुरानै शैलीमा अधिकारलाई संघमा मात्रै केन्द्रित गर्न खोजेको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।

सरकारले तयारी गरिरहेको विधेयकमा महत्वपूर्ण बुँदा केन्द्रिकृत शासन व्यवस्थालाई नै मलजल गर्ने किसिमको भएकाले त्यसमा संघीय संरचनाको आधारमा परिवर्तन गर्नुपर्ने सामुदायिक वन उपभोक्ता महासंघले सुझाव समेत पेश गरेको छ ।

कार्यक्रममा बोल्दै महासंघ अध्यक्ष भारती पाठकले नेपालमा लागु भएको सामुदायिक वनको अवधारणा विश्वमै नमुना भएको भन्दै यसको प्रभाविकारिता झन बढ्दो रहेको बताइन् । हरित उद्यम तथा रोजगारीमार्फत समृद्ध मुलुक निर्माणको एजेण्डामा सामुदायिक वन महासंघ सक्रिय भइरहँदा सरकारको विधेयकका थुप्रै बुँदा वाधक भएको उनले औँल्याइन् ।

वर्तमान सरकारी संयन्त्रले नै संघीय संरचनाको प्रतिकुल ऐनको तयारी गर्दा त्यसले वन उपभोक्ता तथा समुदायको हक कुण्ठित हुने उनको भनाइ थियो । केन्द्रीय महासचिव विर्ख शाहीले सामुदायिक वनको प्रभाव देशभर बढ्दा समुदाय जिम्मेवार बन्नुका साथै जलवायु परिवर्तनको असर पनि न्युनिकरण हुने बताए ।

सचिव ठाकुर भण्डारीले स्थानीय जनताले संरक्षण गर्दैआएको सामुदाकि वनलाई टुक्राउने वा विभिन्न बहानामा वन र स्थानीय समुदायबीच दूरी बढाउने काम सरकारले गर्नखोजे देशभरबाट सामुदायिक वन उपभोक्ताहरु आन्दोलनमा उत्रिने चेतावनी दिए ।

कार्यक्रममा वन तथा उपभोक्ता सम्बन्धी दर्जन बढी सरोकारवाला संघसंस्था र विज्ञहरुको उपस्थिति थियो । सरोकारवालाहरुको बहसको निचोडको रुपमा आएको सुझाव सहितको दस्तावेज सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय पदाधिकारीले वनमन्त्री शक्ति बहादुर बस्नेतलाई पेश गरेका छन् । ६ पेज लामो लिखित सुझाव वनमन्त्री बस्नेतलाई पेश गर्दै उनीहरुले समुदाय र वनको सम्बन्ध टुट्ने किसिमको ऐन बनेको खण्डमा सिंगो मुलुककै लागि क्षति पुग्ने चेतावनी दिएका थिए ।

मन्त्री बस्नेतले विधेयकलाई पूर्णता दिनुअघि ती सुझाव समेट्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कामको शिलशिलामा देखिएका त्रुटी सच्याउँदै उनले समुदायलाई अधिकार सम्पन्न र जिम्मेवार बनाउने गरी ऐन तयार पार्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.