एक सातामा ११ जना फरार अभियुक्त पक्राउ

एक सातामा ११ जना फरार अभियुक्त पक्राउ

विराटनगर : इलाका प्रहरी कार्यालय रंगेलीले एक साताको अवधिमा ११ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

अदालतबाट विभिन्न समयमा दोषी ठहर भए पनि फरार रहेका र पक्राउ गर्न नसकिएका विभिन्न मुद्दाका प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाइएको प्रहरीले बताएको छ ।

जवरजस्ती करणी मुद्दाका तीनजना, लागुऔषधका तीन, बहुविवाहका दुई, चोरी मुद्दाका एक र अंशवण्ड मुद्दाका दुईजना प्रतिवादीलाई पक्राउ गरिएको बताइएको छ ।

अंश मुद्दा बाहेकका प्रतिवादीलाई अदालतले ४५ दिनदेखि तीन वर्षसम्म कैद सजाय र जरिवानाको फैसला गरेको थियो । अदालतका स्रेस्तेदार ईश्वरमणि ओझाले प्रहरीले पक्राउ गरेर बुझाएका फरार प्रतिवादीमध्ये कैद सजाय भएकालाई कारागार चलान गरिएको र जरिवाना मात्रै भएकाले जरिवाना तिराएर छाडिएको जानकारी दिए ।

लागुऔषध मुद्दाका ४० वर्षीय मदन मियाँ र बहुविवाह मुद्दामा फरार रहेका २७ वर्षीय मुकेश मण्डललाई प्रहरीले पक्राउ गरेको हो । लागुऔषध मुद्दामा अदालतले दोषी ठहर गरे पनि सुनवर्षी नगरपालिका–८ का मियाँ साढे चार वर्षदेखि फरार थिए । जिल्ला अदालत मोरङले उनलाई २०७१ साल असार १८ गते दुई वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कवीन्द्र कार्कीका अनुसार उनलाई साईकलमा हिँडिरहेको अवस्थामा सुनवर्षी नगरपालिका–६ झपडतलबाट सोमबार बिहान पक्राउ गरिएको हो । ट्रयाक्टरमा लागुऔषध ‘कोरेक्स’ ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले ट्रयाक्टर नियन्त्रणमा लिने क्रममा मियाँ भने फरार भएका थिए ।

यस्तै बहुविवाह मुद्दामा रंगेली नगरपालिका–७ का मण्डललाई मोरङ अदालतले २०७३ साल जेठ २ गते एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उनी पनि साढे दुई वर्षदेखि फरार थिए ।

प्रहरीको फरार सूचीमा रहेका उनी जुट मिलमा काम गर्दै आएको खुलेको छ । जुट मिलमा काम गर्न विराटनगर आउनको लागि बस चढ्ने तयारी गर्दा मण्डललाई रंगेली ७ पिपल चोकबाट आइतबार साँझ पक्राउ गरिएको प्रहरी निरीक्षक कार्कीले बताए । जिल्ला अदातल मोरङमा सोमबार बुझाइएका दुबैजनालाई अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।

यस्तै लागुऔषध मुद्दामा अदालतले २०७१ सालमै तीन वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाए पनि फरार रहेका रंगेली–९ का करण ऋषिदेव भनिने अर्जुन सरदारलाई प्रहरीले पक्राउ गरेको छ ।

दर्वेसा चोकबाट पक्राउ परेका उनलाई आइतबार अदालतमा बुझाइएको र अदालतले सजाय भुक्तानका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ । आफन्तको घरमा लुकेर बसेको सूचनाका आधारमा परिचालित प्रहरी टोलीले उनलाई पक्राउ गरेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.