आमजुङी जंगलबाट दुई थान बन्दुक बरामद‍

आमजुङी जंगलबाट दुई थान बन्दुक बरामद‍

विराटनगर : मोरङको केरावारी गाउँपालिकाबाट प्रहरीले लोड गरिएका दुईवटा भरुवा बन्दुक बरामद गरेको छ। केरावारी ८ स्थित आमजुङी जंगलबाट इलाका प्रहरी कार्यालय केरावारीका प्रहरी नायव निरीक्षक बलदेव सुवेदीको टोलीले टोलीले मंगलबार साँझ बन्दुक बरामद गरेको हो।

मोटरसाइकलमा खोलाको गस्ती गरिरहेको प्रहरी टोलीलाई देखेपछि दुई व्यक्ति जंगलको बाटो हुँदै भागेका थिए। भागेका व्यक्तिलाई पिछा गर्दै जंगल सर्च गर्ने क्रममा लोड भएको अवस्थाका दुईवटा भरुवा बन्दुक फेला पारिएको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले दिए। 

बन्दुक छाडेर भागेकाको पहिचान नभएको र उनीहरुलाई फेला पनि पार्न नसकिएको श्रेष्ठले बताए। उनले बन्दुक छाडेर भाग्नेहरु जंगलमा अवैध रुपमा बन्यजन्तुको चोरी सिकारी गर्ने धन्दामा संलग्न भएको हुनसक्ने आशंकामा खोजी तीव्र पारिएको जानकारी दिए। 'जंगलमा कोही व्यक्ति बन्दुक बोकेर हिंड्छ भने बन्यजन्तुको चोरी सिकारी गर्ने बाहेक अर्को कुनै उद्देश्य हुन सक्दैन, 'श्रेष्ठले भने, 'वरपरको जंगलमा बन्यजन्तुको चोरी सिकारी हुन नदिन प्रहरी परिचालन गरेर निगरानी पनि बढाइएको छ।'

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.