पुलिसले समातेको चोर त्रिशूलीमा हाम्फालेपछि

पुलिसले समातेको चोर त्रिशूलीमा हाम्फालेपछि

नुवाकोट : जलविद्युत आयोेजनाको निर्माण सामग्री चोर्दै गरेका एक व्यक्ति त्रिशूली नदीमा हाम्फालेर बेपत्ता भएका छन्। नुवाकोट र रसुवाको सिमाना मैलुङ शान्तिबजारमा निर्माणाधीन त्रिशूली ३ ए जलविद्युत आयोजनाको निर्माण सामग्री चोरिरहेको क्रममा पक्राउ परेका चार जनामध्ये एक युवा प्रहरीबाट उम्केर त्रिशूली नदीमा हाम्फालेका हुन्। 

बुधवार बिहान २ बजेको समयमा पाइप चोरिरहेको अवस्थामा रसुवा उत्तरगया गाउँपालिका वडा नं. २ का १९ वर्षीय मैते तामाङ पक्राउ परेका थिए। पक्राउ परेपछि तामाङ प्रहरीको घेरा तोडेर त्रिशूली नदीमा हाम्फालेको स्थानीयबासीले बताए। 

प्रहरीले समन्वयात्मक रुपमा कार्य गर्न नसकेको जनाउँंदै बुधबार दिनैभरि मैलुङ क्षेत्र तनावग्रस्त भएको छ। प्रहरी र स्थानीयबासीबीच दोहोरो झडप भएकोे थियो  । 

स्थानीयबासीहरु आक्रमण र तोडफोडमा उत्रिएपछि हवाइफायर गर्नु परेको प्रहरीले जनाएको छ। आत्मरक्षा गर्न र स्थिति सामान्य बनाउन सात राउण्ड हवाई फायर गरिएको   प्रहरी निरीक्षक सुदर्शन थापाले जानकारी दिए। 

स्थानीयद्वारा बुधवार अपरान्ह मैलुङस्थित प्रहरी चौकी तोडफोड भएको छ। तोडफोडवाट लाखौंको क्षति भएको छ। प्रहरीले मानव अधिकारकोे उचित सम्मान र उचित क्रियाशीलता नअपनाएको भन्दै स्थानीयबासीले मैलुङ प्रहरी चौकी तोडफोड गरेको नुवाकोट प्रहरीले जनाएको छ। 

पक्राउ गरेर सदरमुकाम विदुर ल्याउने क्रममा युवा त्रिशूलीमा हेलिएपछि  सदरमुकाम विदुरवाट पुगेको प्रहरी टोली र मैलुङ प्रहरी चौकीमाथि आक्रमण भएको प्रहरी   थापाले जानकारी दिए। 

आक्रमणमा परी प्रहरी हवल्दार चन्द्रिका भगत र प्रहरी जवान घाइते भएको उनले बताए। प्रहरीले उक्त आयोजनाको पाइप, तारलगायतका निर्माण सामग्री चोर्दै गरेका नुवाकोटको विदुर नगरपालिका वडा नं. ३ की ३० वर्षीया लक्ष्मी नेपाली, रसुवाको उत्तरगया गाउंपालिका वडा नं. २ का २० वर्षीय मल तामाङ र १९ वर्षीय विकास परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता भीमलाल भट्टराइले जानकारी दिए। 

नदीमा हेलिएर हराइरहेका मैते तामाङको खोजी भइरहेको छ।  प्रहरीले पक्राउ गरेर सदरमुकाम विदुरतर्फ ल्याउने क्रममा तामाङ बीच बाटोमा पिसाब लाग्यो भन्ने बहानामा प्रहरीको घेरा तोडेर भागेको स्थानीयले बताए।  

पक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासत विदुरमा राखिएको छ। सन् २०११ को जुनदेखि काम सुरु गरिएको सो आयोजना चीनको एक्जिम बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.