सुरक्षागार्डका हत्यारालाई कारवाहीकाे माग गर्दै प्रदर्शन

सुरक्षागार्डका हत्यारालाई कारवाहीकाे माग गर्दै प्रदर्शन

राजविराज : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका कार्यालयका सुरक्षागार्ड परशुराम मिश्रको हत्यारालाई अविलम्ब पक्राउ गरी कडा कारवाही गर्न माग गर्दै बुधबार स्थानीयहरुले राजविराजमा प्रदर्शन गरेका छन् ।

घटनाको पाँच दिन बितिसक्दा पनि दोषीलाई पक्राउ गर्न नसकेको भन्दै उनीहरु आक्रोशित भएका हुन् । स्थानीयले तिलाठी कोइलाडी–२ लौनियाका शैलेन्द्र मुखियामाथि किटानी जाहेरी गर्दै उनलाई पक्राउ गर्न प्रहरीलाई दबाब दिएका छन् ।

गत शनिबार बञ्चरोको बिँडले प्रहार गरी परशुरामको हत्या गरेको भन्दै उनीहरुले मुखियालाई किटानी जाहेरी दिएका हुन् । बञ्चरो प्रहारबाट घाइते भएका तिलाठी कोइलाडी–१ का २७ वर्षीय रिकेश भनिने परशुराम मिश्रको उपचारका क्रममा आइतबार राति मृत्यु भएको थियो ।

मिश्र र मुखियाको गत शनिबार दिउँसो सामान्य कुटपिट भएकोमा सोही दिन साँझ लौनियास्थित विद्यालय अगाडि नास्ता खान गएका मिश्रलाई मुखियाले बञ्चरोको बिँडले प्रहार गरी घाइते बनाएका थिए । घटनालगत्तै मुखिया फरार छन् ।

आइतबार तिलाठीस्थित स्थानीयहरुले राजविराज–कुनौली सडकखण्ड अवरुद्ध पारेर प्रदर्शन गरे पनि हालसम्म हत्यामा सलंग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।
हत्यारालाई अविलम्ब पक्राउ गरी कडा कारवाही नगरिए आन्दोलन चर्काउने भन्दै स्थानीयले प्रदर्शन गर्दै आएका छन् । प्रहरी उपरीक्षक राजेन्द्र विष्टले भने हत्यामा सलंग्नको पहिचान भइसकेकोले चाँडै पक्राउ गरिने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.