नियम मिच्दै सडकमा बाँसका गेट

नियम मिच्दै सडकमा बाँसका गेट

बिर्तामोड : भद्रपुर–बिर्तामोड सडकखण्डको बीचमै हाल दुईवटा बाँसको गेट निर्माण गरिएका छन् ।

भद्रपुर बस स्ट्याण्डबाट बिर्तामोडको मुक्ति चोकको बीच भागमै निर्माण गरिएका यी गेट स्थानीय सरकार वा जिल्ला ट्राफिक कार्यालय कसैसँग पनि अनुमति लिएको हैन ।

गोठवीर राई स्मृति फुलबल प्रतियोगिता आयोजक र चासोक तङ्गनाम पर्व आयोजकले ती दुईवटा गेट बनाएका हुन् । बाँसको गेट निर्माणपछि गेट भत्किएर बाटो अवरुद्ध हुने खतरा उत्तिकै छ । निर्माणको बेला सडक पनि भत्किएको छ ।

ट्राफिक प्रहरीका अनुसार गेटकै कारण सवारी साधन, पैदल यात्री घाइते हुने जोखिम छ । दुई गेट मात्रै हैन, विभिन्न कार्यक्रमको स्वागतका नाममा बिर्तामोडका मुख्य राजमार्गमा अनुमति विना नै बीच सडकमै बाँसका गेट बनाउने क्रम रोकिएको छैन ।

यस्ता गेटले सडकमा ट्राफिक जाम बढाउने र हावा– हुरीले लडाउँदा दुर्घटना समेत बढ्न थालेको छ । आयोजकले यस्ता गेट बनाउनुअघि जिल्ला ट्राफिक प्रहरी कार्यालय वा स्थानीय सरकार कसैसँग पनि अनुमति लिने गरेका छैनन् ।

खुलेआम रुपमा सडक नै भत्काएर र सडक छेकेरै गेट बनाउने गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राई यस्ता गेट आफूहरुलाई नसोधी रातको समयमा बनाउने गरेको बताउँछन् ।

कार्यालयमा पूर्व जानकारी समेत नदिने गरेको उनको भनाइ छ । ‘कच्ची गेट भएकाले ढलेर दुर्घटना हुने जोखिम छ, रातभरी आयोजकले गेट बनाउने र बिहान हेर्दा गेट बनिसक्ने हुन्छ,’ राई भन्छन् ।

सार्वजनिक स्थलमा यस्ता गेट निर्माण गर्न स्थानीय सरकारको वडाले नगरपालिकाको कार्यालयलाई पत्रचार गरेपछि अनुमति पाए गेट निर्माण गर्न सकिने प्रावधान छ ।

बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डे पनि आफूहरुसँग यस्ता गेट निर्माणको लागि अनुमति लिन कोही नआएको बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.