एक अर्ब लगानीमा सेन्ट्रल मल

एक अर्ब लगानीमा सेन्ट्रल मल

विराटनगर : विराटनगरमा एक अर्ब रुपैयाँ लगानीमा नयाँ सेन्ट्रल मल निर्माण भएको छ। नेपालकै चर्चित व्यावसायिक घराना विशाल ग्रुप, देवेनरा ग्रुप र हाइलाइफ गु्रपको संयुक्त लगानीमा अत्याधुनिक दुई मल्टिप्लेक्स सिनेमा हलसहित आधुनिक मल निर्माण भएको हो।

मेनरोडमा अवस्थित दुई मल्टिप्लेक्स सिनेमा हल शनिबार पूर्ण क्षमतामा सञ्चालनमा आएका छन्। मल भने केही दिनमै शुभारम्भ हुने सञ्चालक प्रकाश मुन्दडाले जानकारी दिए। ‘विराटनगर, यसको आसपास र भारतीय क्षेत्रका ग्राहकलाई लक्ष्य गरेका छौं’, उनले भने, ‘अन्तर्राष्ट्रिय मापदण्डको मल निर्माण भएसँगै विराटनगरमा किनमेलको वातावरण परिवर्तन हुने अपेक्षा गरेका छौं।’ ओमेगा हाउजिङ, सेन्ट्रल बजार र सेन्ट्रल मल्टिप्लेक्सको एकीकृत रूप नै मल भएको उनले बताए।

भारतका आर्किटेक्ट इन्जिनियर केटन विमानीले डिजाइन गरेको मल १५ कठ्ठा क्षेत्रफलमा फैलिएको छ। यसमा एक सय पसल रहनेछन्। विश्वस्तरीय विभिन्न ब्रान्डका सोरुम, रेस्टुरेन्ट र गेमिङ जोनले ग्राहकको मन सन्तुष्टिले भरिने मुन्दडाले दाबी गरे। ‘पसलको समेत जोड्दा लगानी करिब तीन अर्ब पुग्छ’, उनले भने, ‘उच्च गुणस्तरीय सेवा दिने गरी राजधानीबाहिर खुलेको यो नै अन्तर्राष्ट्रियस्तरको मल हो।’ मलमा बालबालिकादेखि वृद्धसम्म किनमेलको प्रबन्धसहित पसल सञ्चालन हुने उनले बताए।

मलभित्र रहेका सेन्ट्रल मल्टिप्लेक्स सिनेमा भने शुक्रबार साँझ कलाकार दीपकराज गिरी, दीपा श्री निरौला, केदार घिमिरेसहित सञ्चालक सदस्यले संयुक्तरूपमा उद्घाटन गरेका छन्। ११ करोड रुपैयाँ लगानीमा अत्याधुनिक हल निर्माण गरिएका हुन्। १६ हजार दुई सय ३५ वर्ग फिटमा निर्माण भएको दुवै हल अढाई सय दर्शक क्षमताका छन्। हलमा हरेक दिन दुई हजार दर्शकले सेवा पाउने बताइएको छ। सञ्चालक तथा लगानीकर्ता विकास चौधरीले भने, ‘हामीले दर्शकलाई सबै सुविधा दिने गरी हल निर्माण गरेका छौं।’ चौधरीका अनुसार यसमा अन्डरग्राउन्ड पार्किङ, प्लाटिनम सिट, सराउन्डिङ साउन्ड सिस्टम, उच्च गुणस्तरको टुडी र थ्रीडी स्क्रिन, डल्बी साउन्ड सिस्टमलगायत सुविधा छन्।

कलाकार गिरीले नयाँ हल सञ्चालनमा आउनुले नेपाली सिनेमाको बजार थप विस्तार भएको बताए। दीपा श्रीले जतिजति हल निर्माण हुन्छन् उतिउति चलचित्रको बजार फराकिलो हुने उल्लेख गर्दै भनिन्, ‘अझ विराटनगरजस्तो औद्योगिक नगरमा खुलेको हलको महŒव अझ बढी छ।’ किनमेलको नयाँ शैली तथा वातावरण सिर्जना गर्न निकै सहयोग पुग्ने सञ्चालकले दाबी गरेका छन्। प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा केही समयअघिबाट भाटभटेनी सुपर मार्केटले सेवा सुरु गरेपछि अन्य औद्योगिक घरानाले पनि ठूला लगानीमा सपिङ मल सुपरमार्केटमा लगानी गर्न सुरु गरेका छन्।

नेपाल बजार र उद्योगी मोती दुगडले पनि मल निर्माण गरिरहेका छन्। दुगडले पनि एक अर्ब लगानीमा पाँच तारे होटलसहित सेञ्चुरियन मल निर्माण गरिरहेका छन्। दुगडले ४० करोड लगानीमा निर्माण गरेको होटल ह्यारिस प्यालेसले सेवा दिन सुरु गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.