निदाएर बस्ने सुविधा संघीय, प्रदेश र स्थानीय सरकारलाई छैन

निदाएर बस्ने सुविधा संघीय, प्रदेश र स्थानीय सरकारलाई छैन

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सिंगो संचार जगतलाई मुलुक निर्माणको अभियानमा एक ढिक्‍का भएर लाग्न आग्रह गरेका छन्। पेशागत हक, हित र मर्यादालाई ख्याल गर्दै मुलुक निर्माणमा संचारजगत एक भएर लाग्नुपर्ने उनको सुझाव छ।

नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनलाई बिहीबार विराटनगरमा सम्बोधन गर्दै मुख्य मन्त्री राईले मुलुकलाई जोगाउने र संरक्षण गर्दै अघि बढाउने दायित्व र कर्तव्य सबैको भएको उल्लेख गरे। 'संविधान र संघीयता कार्यान्वयन गर्नैपर्ने दायित्व हामी माझ छ', उनले भने, 'विभिन्न कालखण्डमा गरिएका त्याग र बलिदानको कदर गर्दै मुलुकले प्राप्त गरेका सबै उपलब्धीको संरक्षण पनि गर्नुपर्ने छ।'

उनले देश बनाउने र युग परिवर्तन गर्ने महाअभियानमा जुट्नुपर्ने भएकाले निदाएर बस्ने सुविधा संघीय, प्रदेश र स्थानीय सरकार कसैलाई पनि नभएको बताए। राईले राष्ट्रियताका हरेक सवल पक्षलाई प्रहार गर्ने र विभिन्न हिसाबबाट आक्रमण गर्दै मुलुकलाई कमजोर बनाउने खेल भइरहेकोतर्फ पनि सचेत रहनुपर्ने बताए। 'विकास र समृद्धिको यात्रामा अघि बढ्न नदिन विभिन्न प्रयास भइरहेका छन्', उनले भने, 'कतिपय संचार गृहले पनि त्यही हिसाबको भूमिका निर्वाह गरिरहेको देखेका छौं ।'

विभिन्न ठाउँबाट भइरहेका प्रहारका बारेमा राम्रोसँग हेक्‍का राख्ने काम भइरहेको बताउँदै उनले त्यसबाट जोगाउँदै मुलुकलाई समृद्ध बनाइ छाड्ने अठोट व्यक्त गरे। पूर्व संचारमन्त्री समेत रहेका राईले अन्य प्रदेश सरकारलाई अप्रत्यक्ष रुपमा दबाब  सिर्जना गर्ने हिसाबको काम प्रदेश १ सरकारले गरेर देखाउने प्रतिवद्धता जनाए। 'विभिन्न नाममा बाटो बिराउन र फस्न खोजिरहेको नेपाली समाजलाई सही ट्रयाकमा ल्याउने काम यस अघिसम्म गरियो,' उनले भने, 'अब मुलुकका लागि विशिष्ठ योगदान गर्न विभिन्न भूमिका खेल्नुपर्ने बेला आएको छ।' उनले समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा सहयोग पुर्‍याउँदा त्यसले संचार जगतलाई पनि राम्रो प्रतिफल प्राप्त हुने बताए। 

समाजमा पछिल्लो समयमा नराम्रो सोंचको विकास भइरहको उल्लेख गर्दै राईले त्यस्ता सोंच हावी हुन नदिन सत्य र निर्णायक विषयमा संचार जगतले भूमिका खेल्नुपर्नेमा जोड दिए। अहिलेको सरकार प्रेसमैत्री भएका कारण सानो मनस्थितीमा खुम्चिएर बस्नुपर्ने स्थिति संचार जगतको नरहेको उनले स्पष्ट पारे। 

यस अघि पनि संचारकर्मीको हीतमै काम गरिएको स्मरण गर्दै मुख्य मन्त्री राईले पत्रकारिताको विकास एवं संचारकर्मीको संरक्षणमा राज्य जिम्मेवार रहेको बताए। कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले संचार क्षेत्रले आलोचना गर्नै नपर्ने गरी अहिलेको सरकारले काम गरेर देखाउने बताए। 'हामी गल्ती र कमजोरी गर्दैनौं', उनले भने,' राम्रो काम कहीं कतैबाट भयो भने प्रमाणसहित ल्याउनुहोस् हामी सच्चिन तयार छौं।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.