न विद्यार्थी न पढाइ, नक्कली हाजिरी पठाउँदै शुल्क पचाउँदै

न विद्यार्थी न पढाइ, नक्कली हाजिरी पठाउँदै शुल्क पचाउँदै

सिरहा : सखुवानन्कारकट्टी गाउँपालिका–२ सोठियाइन गाउँको मनेलाल जनता माविमा यस वर्ष कक्षा ११ मा २५ र १२ कक्षामा २२ गरी ४७ जना विद्यार्थी भर्ना भए ।

विद्यालयमा भने न विद्यार्थी भेटिन्छन् न उनीहरुलाई पढाउने शिक्षक र कक्षाकोठा नै । भर्ना भएका विद्यार्थीहरुले कक्षामा पढ्नै पाउँदैनन् । एकै पटक फारम भर्ने बेला आउँछन् र परीक्षामा सहभागी हुन्छन् ।

०६७÷०६८ सालमै कक्षा ११ र १२ पढाउने अनुमति पाएको यस विद्यालयमा सुरुको ‘ब्याच’का विद्यार्थीलाई कक्षामै पढाइए पनि केही वर्षयता भने विद्यार्थी विद्यालयमा उपस्थित नभएरै परीक्षा दिँदै आएका छन् । अचम्म त के भने, विद्यार्थीहरुले वर्षभरीको शुल्क तिर्नुपर्छ ।

कक्षा ११ मा वर्षभरको चार हजार सात सय रुपैयाँ र कक्षा १२ मा चार हजार ५ सय रुपैयाँ विभिन्न शिर्षकमा शुल्क लिने गरिन्छ । रजिष्ट्रेशन, परीक्षा, स्टेशनरी, पुस्तकालय र मासिक पढाइ वापत शुल्क लिने गरेको विद्यार्थीको गुनासो छ ।

हाजिरी पठाइन्छ, अनुदान आउँछ
कक्षा सञ्चालन नभए पनि परीक्षाकै लागि विद्यालयले हाजिरी प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्ड कार्यालय लहानमा पठाउँदै आएको छ । प्रधानाध्यापक राजेन्द्र यादवका अनुसार उच्चमाविका लागि पढाउने छुट्टै शिक्षक नभएकाले यस्तो समस्या आएको हो । यतिसम्म कि, दसैंयता नै एक दिन पनि पढाइ नभएको स्वीकार गर्छन् प्रधानाध्यापक यादव ।

त्यसो त, कक्षा ११ र १२ मा पढाउने गरी एक शिक्षकको दरबन्दी पनि छ । तै पनि हालसम्म नियुक्त गर्न नसकेको यादवको भनाइ छ । ‘दुई वर्षदेखि व्यवस्थापन समिति पनि छैन । व्यवस्थापन समितिका लागि अभिभावक भेला बोलाउँदा पनि कसैले चासो देखाउँदैनन्,’ यादवले भने ।

स्थानीय मनोजकुमार यादवका अनुसार अधिकांश शिक्षक स्थानीय भएकैले पढाइमा उनीहरु हेलचक्र्याइँ गर्दै आएका छन् । व्यवस्थापन समितिको लागि पनि प्रअले पहल गरेका छैनन् । ‘स्थानीय शिक्षक हुँदा विद्यालयमा राजनीति बढी हुन्छ,’ मनोजकुमार भन्छन्, ‘शिक्षकहरु विद्यालय आउँछन्, हाजिरी गर्छन् र घरको काममा हिँड्छन् ।’

पुस्तकालय छैन तर पैसा आउँछ !
विद्यालयमा पुस्तकालय छैन । तै पनि विद्यार्थीबाट शुल्क र गाउँपालिकाबाट पुस्तक खरिदका लागि सरकारी अनुदान आइरहन्छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख वीजय यादवका अनुसार पुस्तकालय वापत गत आर्थिक वर्ष २०७४÷०७५ मा ५० हजार रुपैयाँ पठाइएको छ । चालु आर्थिक वर्षमा पनि यही विद्यालयका लागि पुस्तकालय वापत अनुदान गाउँपालिकामा आएको छ ।

कक्षा ६, ७ र ८ मा कम्प्युटर विषयको पढाइ हुन्छ । तर, ती कक्षाका विद्यार्थीहरुले कम्प्युटर प्रयोगात्मक गर्नै पाउँदैनन् । किताबमा कम्प्युटर हेरेकै भरमा विद्यार्थीहरु परीक्षा दिन्छन् ।

विद्यार्थीहरुले पढाइको लागि पटक पटक गुनासो गर्दै आए पनि शिक्षक नभएको, कक्षा कोठा नभएको वहानामा पढाइ नै हुने गरेको छैन । तै पनि उनीहरु परीक्षा दिनुअघि विभिन्न शिर्षकमा छुट्याइएको शुल्क तिरिरहन्छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.