स्थानीय तहले राष्ट्रिय शिक्षा नीति अनुसरण गर्नुपर्छ : प्रधानमन्त्री ओली

स्थानीय तहले राष्ट्रिय शिक्षा नीति अनुसरण गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपीशर्मा ओलीले स्थानीय तहले राष्ट्रिय शिक्षा नीतिअनुरुप कै नीति तय गर्नुपर्ने बताएका छन्।उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले बिहीबार बुढानिलकण्ठमा आयोजना गरेको राष्ट्रिय शिक्षा सम्मेलनको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

'अहिले शिक्षाको नीति नियम बनाउने कुरा प्रदेश र स्थानीय तहलाई पनि दिइएको छ, तर यी निकायले पनि राष्ट्रिय शिक्षा नीतिको अनुसरण गर्नुपर्छ', प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले नेपालमा अझै पनि धेरै बालबालिका विद्यालय बाहिर रहेको बताउँदै उनीहरुलाई विद्यालय भर्ना गराउन सरकार प्रयासरत भएको बताए। 'यस वर्ष हामीले कर्णालीबाट विद्यालय भर्ना अभियान सुरु गर्‍यौं,प्रधानमन्त्री ओलीले भने, 'आगामी वर्षभित्र विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर हुँदैन्।'

प्रम ओलीले नेपाली विद्ध्वान पूर्खाका सन्तान भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विद्यार्थीले आफ्नो रुचीअनुसारको अध्ययन गर्ने अवसर नपाउँदा पछि परेको बताए। अभिभावक र विद्यालयको रुचीअनुसार पढिदिनु पर्दा विद्यार्थीले आफ्नो प्रतिभा प्रष्फुटन गर्न नसकेको प्रधानमन्त्री ओलीको भनाइ छ।'महंगो शुल्क लिएर पढाइरहेका नीजि विद्यालयलाई म भन्न चाहन्छु, पैसाको लोभमा विद्यार्थीको रुचीलाई नमार्नुहोस्, प्रधानमन्त्री ओलीले भने, 'विद्यार्थीको रुचीअनुसारको विषय तपाईंको विद्यालयमा पढाइ हुँदैन भने उनीहरुलाई विद्यालयमा पढाउन सिफारिस गरिदिनुहोस्।'

नेपाललाई विकासमा नेतृत्व गर्न सक्ने जनशक्ति आवश्यक परेकाले त्यसैअनुसारका विषय छनौट गरेर पठनपाठन हुनुपर्ने प्रधानमन्त्रीको भनाइ छ। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.