जाजरकोटमा १३ वर्षीया बालिका बलात्कृत, आरोपी पक्राउ

जाजरकोटमा १३ वर्षीया बालिका बलात्कृत, आरोपी पक्राउ

जाजरकोट : १३ वर्षीया बालिका बलात्कार गर्ने २० वर्षीय युवक पक्राउ परेका छन्। भेरी नगरपालिका- ११ जगतिपुरकी बालिकालाई जबरजस्तीकरणी गर्ने जुम्ला घर भएका युवराज शाहीलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी प्रमुख डीएस्पी रविन्द्रबहादुर सिंहले कुशेगाउँपालिका- ९ पैकमा ठूली आमाको घर गएको बेला बालिका बलात्कृत भएको बताएका छन्। 

केही दिनअघि गाउँमा लाग्ने स्थानीय मेला हेर्न गएकी बालिकालाई फकाईफुल्याई जंगलमा लगेर युवकले जबरजस्तीकरणी गरेको पीडित पक्षले प्रहरीलाई किटानी जाहेरी दिएका थिए। 

प्रहरीसँगको बयानमा युवकले अपराध स्वीकार गरेका छन्। जिल्ला अदालत जाजरकोटले बिहीबार युवकलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ। जिल्ला न्यायधीश देवकुमार गिरीको एकल इजलासले उक्त आदेश दिएको हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.