फन्ड बोर्डका कार्यकारी निर्देशकको राजीनामा, भन्छन्, ‘गजेन्द्र ठाकुरको दबाब थेग्न सकिन’
काठमाडौं : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फन्ड बोर्ड)का कार्यकारी निर्देशक भूपेन्द्र अर्यालले राजीनामा दिएका छन्।
खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको दबाब थेग्न नसकेर राजीनामा दिएको निर्देशक अर्यालले बताएका छन्। बिहीबार पत्रकार सम्मेलन गरेर राजनीनामा गरेको जानकारी गराउँदै अर्यालले यस्तो बताएका हुन्।
पत्रकार सम्मेलनमा निर्देशक अर्यालले सचिव ठाकुरले टेलिफोनमार्फत् दिएको दबाबको अडियोसमेत सार्वजनिक गरेका छन्।
सचिव ठाकुरले उनको अनुकुल हुनेगरी काम गर्न दबाब दिएको आरोप अर्यालले लगाएका छन्। अर्यालले सचिव ठाकुरले मन्त्रीसँग समेत आफ्नोबारेमा गलत ब्रिफिङ गरेको आरोप लगाए।
‘उहाँले (सचिव गजेन्द्र ठाकुर) ले आफू अनुकुल हुनेगरी काम गर्न दबाब दिनुभयो। तर मैले उहाँलाई रिजाउन सकिन’, अर्यालले पत्रकार सम्मेलनमा भने, ‘उहाँले मन्त्री समक्षसमेत गलत ब्रिफिङ गर्नुभयो।’