वन्यजन्तु शिकार गर्दागर्दै एकजना पक्राउ

वन्यजन्तु शिकार गर्दागर्दै एकजना पक्राउ

विराटनगर : मोरङको पथरी शनिश्चरे नगरपालिका–१ स्थित मनकामना सामुदायिक वनमा चित्तल मार्दै गर्दा एकजना स्थानीय पक्राउ परेका छन् ।

पथरी शनिश्चरे–१ का ३९ वर्षीय प्रकास भनिने रत्नबहादुर धिमाललाई प्रहरीले बिहीबार दिउसो पक्राउ गरेको हो । अहिले प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ । घटनास्थलबाटै प्रहरीले एक थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने छर्रा, बारुद, विजुलीको तारबाट बनाइएको पासो, खुकुरी, कपडा लगायत सामान पनि बरामद गरेको छ ।

पक्राउ परेका धिमालविरुद्ध हातहतियार खरखजाना ऐन अन्तरगत मुद्दा चलाउने तयारी गरेको प्रहरीले बताएको छ । हातहतियार खरखजानापछि वन ऐन अन्तर्गत मुद्दा चलाउन उनलाई वन कार्यालयको जिम्मा लगाइने इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईँले बताए ।

उनका अनुसार गोप्य सूचनाका आधारमा दिउसो साढे २ बजे पुगेको प्रहरी टोलीले धिमाललाई पक्राउ गरेको हो । प्रहरीलाई देख्न साथ चित्तल मार्ने काममा संलग्न अन्य ५÷६ जना भने त्यहाँबाट फरार भएका थिए ।

पक्राउ परेकाले दिएको सूचना र जानकारीका आधारमा फरार भएकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । धिमाललाई भने भाग्न खोज्दै गर्दा घेरा हालेर नियन्त्रणमा लिएको बताइएको छ ।

चित्तल मार्ने धन्दामा वन्यजन्तुको चोरी सिकारी गर्ने समूहको संलग्नता रहेको प्रहरीको भनाइ छ । बन्दुक हानेर मारिएको २ वर्षजतिको चित्तलको वायाँ पातोमा गहिरो चोट लागेको छ ।

घटनास्थल पथरी बजारबाट लगभग साढे १ किलोमिटर टाढा छ । चित्तल मारेर आगोमा पोलिसकेपछि मासु भाग लगाउने तयारी गर्दै गर्दा घटनास्थलमा प्रहरी टोली पुगेको थियो ।

पक्राउ परेका धिमाल लामो समयदेखि वन्यजन्तुको चोरी सिकारीमा संलग्न रहेको खुलेको प्रहरीले बताएको छ । अन्य फरारहरु पनि यही धन्दामा संलग्न रहेको पुष्टि भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.