दुर्घटनामा युवतीको मृत्यु, एक गम्भीर घाइते

दुर्घटनामा युवतीको मृत्यु, एक गम्भीर घाइते

विराटनगर : कोसी राजमार्ग अन्तरगत विराटनगरको बरगाछीमा बिहीबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक युवतीको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–४ र ३ को सीमानामा भएको दुर्घटनामा मोरङको पथरीशनिश्चरे नगरपालिका–१० की २२ वर्षीय हिमा कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा हिमाका पति २६ वर्षीय मनोज कार्की घाइते भएका छन् । मनोजको विराटनगरको लाइफगार्ड अस्पतालमा उपचार भइरहेको छ । व्यक्तिगत कामले विराटनगर आएका पति–पत्नी साँझ पथरीशनिश्रचेस्थित घरतर्फ फर्कँदै गरेको अवस्थामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको पति–पत्नी सवार को २८ प ३८५६ नम्बरको मोटरसाइकल सडकको बीचमा लेन छुट्याउन राखिएको डिभाइडरमा ठोक्किएको थियो ।

उनका अनुसार डिभाइडरमा ठोक्किएपछि मोटरसाइकलको पछाडि सवार हिमा उछिट्एर सडकमा गुडिरहेको नेपाल आयल निगमको ना ७ ख ४६२३ नम्बरको ट्यांकर मुनि पुगेकी थिइन् । सोही ट्यांकरले किचेर हिमाको मृत्यु भएको बताइएको छ ।
इन्धन लोड भएको ट्यांकर दक्षिणबाट उत्तरतर्फ जाँदै थियो । ट्यांकर चालक फरार रहेका कारण खोजी भइरहेको र ट्यांकरलाई भने नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.