गोविन्दराज जोशी समूहद्वारा समानान्तर कमिटीको घोषणा

गोविन्दराज जोशी समूहद्वारा समानान्तर कमिटीको घोषणा

दमौली : नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीनिकट समूहले तनहुँमा समानान्तर कार्यसमितिको तयारी गरेको छ ।

बिहीबार दमौलीमा पत्रकार सम्मेलन गर्दै जोशीनिकट नेता–कार्यकर्ताले जिल्ला नेतृत्वप्रति असन्तुष्टि जनाउँदै अलग्गै विशेष भेलाको घोषणा गरेका हुन् ।

पार्टीको जिल्ला नेतृत्व परिवर्तन गर्न भन्दै उनीहरुले आगामी माघ ८ गते विशेष अधिवेशन आयोजना गर्ने भएका छन् । जोशीनिकट समूहले पार्टी नेतृत्वको गतिविधि कमजोर भएको र निर्वाचनमा समेत सबै सीटमा पराजय भोग्नुपरेको भन्दै त्यसप्रति चर्को असन्तुष्टि व्यक्त गरेको थियो ।

पत्रकार सम्मेलनमा नेता जोशीले चुनावमा पार्टी कमजोर हुनुमा नेतृत्वको हात भएको भन्दै सोही कारण नेतृत्व परिवर्तन गर्नुपरेको दावी गरे । नेता जोशीले पार्टीका क्षेत्रीय प्रतिनिधिलाई महाधिवेशन डाक्ने अधिकार भएको जिकिर गर्दै विशेष अधिवेशन बोलाइएको बताएका छन् । ‘पार्टी नेतृत्वले सही काम गर्न नसकेको साथीहरुले ठहर गरेकाले क्षेत्रीय प्रतिनिधिहरुले अधिवेशन घोषणा गरिएको हो,’ जोशीले भने ।

यस अधिवेशनमा उनले पार्टीको विधानअनुसार २५ प्रतिशतभन्दा बढी क्षेत्रीय प्रतिनिधि आउने दावी गरेका छन् । अधिवेशन आयोजनाका लागि डिल्लीराम अधिकारीको नेतृत्वमा आयोजक समिति समेत गठन गरेको बताइएको छ ।

जोशी समूहले घोषणा गरेको अधिवेशनप्रति भने पार्टी नेतृत्वको समर्थन छैन । पार्टीकै विधानविपरित देखिने यस अधिवेशनबाट चुनिने नयाँ कार्यसमिति कांग्रेसको समानान्तरक कमिटीकै हैसियतमा रहने छ ।

प्रतिनिधिसभा निर्वाचनको बेला कांग्रेस नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका नेता जोशीको उमेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो । तनहुँमा कांग्रेसका दुई प्रभावशाली नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीबीच लामो समयदेखि राजनीतिक दुशमनी कायम छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.