बीएण्डसी अस्पतालमा कम्मरको जोर्नीको प्रत्यारोपण

बीएण्डसी अस्पतालमा कम्मरको जोर्नीको प्रत्यारोपण

बिर्तामोड : झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालले सफलतापूर्वक कम्मरको जोर्नी प्रत्यारोपण गरेको छ। भारतको आसाम राज्यस्थित तीनसुकियाका ६२ वर्षीय भरत क्षेत्रीको दुबै कम्मरको जोर्नी अस्पतालले फेरेको हो। यो प्रत्यारोपण नेपालमा नै पहिलोपटक भएको समेत अस्पतालले दाबी गरेको छ।यो प्रत्यारोपणलाई अर्थोपेडिक जगतकै ठूलो सफलता भएको बताएको छ। 

चिकित्सकले यो उपचारलाई 'हिप रिप्लेसमेन्ट' बताउँदै आएका छन्। अस्पतालका अर्थोपेडिक सर्जन डा. निराजन पराजुली नेतृत्वको टोलीले क्षेत्रीको सफल उपचार गरेका हुन्। तीन वर्ष अघिदेखि कम्मर दुख्ने समस्याले थलिएका क्षेत्री उपचारको खोजीमा नेपाल आएका थिए। उनी ३ वर्षसम्म भारतकै विभिन्न अस्पतालमा देखाउँदा समेत उनको रोग पत्ता लाग्न नसकेपछि उनका आफन्तले नेपाल ल्याएका हुन्। 

चिकित्सकका अनुसार समयमै उपचार नपाए यही रोगका कारण अन्य रोग पनि थपिँदै जान्छ। समयमै जोर्नी नफेरे बिरामी अपाङ्ग समेत हुनसक्ने चिकित्सकको भनाई छ। यस्ता प्रकारका उपचारका लागि अन्य मुलुक जानुपर्ने बाध्यताको अन्त्य भएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए।

उनले उच्च प्रविधि आफ्नै अस्पतालमा भएकाले अन्य मुलुक गएर धन र समय नखर्चिन सबैलाई आग्रह समेत गरेका छन्। हड्डी खिइने यस प्रकारको समस्या पुरुषमा भन्दा महिलामा बढी हुनसक्ने चिकित्सक बताउँछन्। यस्तो समस्याबाट बच्नका लागि खानपानमा ध्यान पुर्‍याउन चिकित्सकले सुझाव दिएका छन्। क्याल्सियम र प्रोटिनयुक्त खानेकुराका साथै शारीरिक व्यायाम पनि नियमित गर्नुपर्ने उनीहरुको भनाई छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.