स्थानीय तहका कर्मचारीको आन्दोलनले सबै कार्यालयको काम प्रभावित

स्थानीय तहका कर्मचारीको आन्दोलनले सबै कार्यालयको काम प्रभावित

परासी : कर्मचारी समायोजन अध्यादेशको विरोधमा स्थानीय तहका कर्मचारीहरुले गरेको आन्दोलनका कारण नवलपरासी जिल्लाका सबै सरकारी कामकाज प्रभावित भएको छ ।

कर्मचारीहरुको आन्दोलनले स्थानीय तहबाट हुने सिफारिस, राजश्व संकलनलगायत सम्पूर्ण काम बन्द हुँदा अन्य सरकारी कार्यालयका कामसमेत प्रभावित बनेका हुन् ।

कर्मचारीहरुको आन्दोलनका कारण नगर प्रमुख÷गाउँपालिका प्रमुख सहित सबै जनप्रतिनिधिहरु समेत कार्यालयमा उपस्थित छैनन् । आन्दोलनका कारण काम नहुने भएपछि जनप्रतिनिधिहरु कार्यालयमा नपुगेका हुन् ।

निजामती कर्मचारीहरु एक तह बढुवा भएर स्थानीय तहमा जाने तर वर्षौदेखि कार्यरत स्थानीय तहका कर्मचारीहरुको बढुवा र कुनै सेवा सुविधा उपलव्ध नगराएको भन्दै कर्मचारहिरु मंसिर २८ देखि चरणबद्ध आन्दोलनमा छन् ।

पुस ३ गतेसम्म सांकेतिक आन्दोलन गर्दै आएका कर्मचारीहरुले आफ्ना मागप्रति सरकारले सुनुवाइ नगरेको भन्दै ४ गतेदेखि कामकाज नै ठप्प पारेर आन्दोलन गर्न थालेका हुन् ।

स्थानीय तहमा कार्यरत अस्थायी, करार, ज्यालदारी र सामाजिक परिचालकहरुलाई पनि निजामती सरह सेवा सुविधा दिनुपर्ने उनीहरुको माग छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.