अपाङ्गता भएकी किशोरीलाई यौन दुव्र्यवहार गर्ने मिथुनलाई चार वर्ष कैद
राजविराज : अपाङ्गता भएकी १३ वर्षीया किशोरीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा सुरूङ्गा नगरपालिका–३ का २३ वर्षीय मिथुन सदालाई बिहीबार चार वर्ष कैद सजाय सुनाइएको छ ।
जिल्ला अदालत सप्तरीका न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले कारागारमा थुनामा रहेका सदालाई चार वर्ष कैद सजायको फैसला सुनाएका हुन् ।
स्रेस्तेदार दिलकुमार बर्देवाका अनुसार जिल्ला अदालतको आदेशमा ०७४ मङ्सिर १ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका सदा दोषी पाइएपछि उनलाई चार वर्ष कैद सजायको अन्तिम फैसला भएको हो ।
बोल्न नसक्ने किशोरीमाथि ०७४ कात्तिक ४ गते यौन दुव्र्यवहार गरेको आरोपमा सोही दिन पक्राउ परेका सदाविरुद्ध इलाका प्रहरी कार्यालय कडरबोनाले जबरजस्ती करणी उद्योगमा मुद्दा चलाएको थियो ।
प्रतिक्रिया दिनुहोस !
५