बालिकालाई अपहरणपछि बलात्कार गरेको अभियोगमा एक पक्राउ
राजविराज : १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरका २० वर्षीय प्रविणकुमार यादवलाई पक्राउ गरेको छ ।
पक्राउ परेका यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयले बिहीबार जबरजस्ती करणीको उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताए ।
गाउँघरबाटै पीडितलाई आरोपितले ललाइफकाइ गत मङसिर २५ गते अपहरण गरी सुनसरीको इटहरी पु¥याएर बलात्कार गरेको भन्दै पीडितका बुवाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंगलबार उजुरी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस !
५