रसुवागढीमा पुल निर्माण

रसुवागढीमा पुल निर्माण

त्रिशूली : त्रिदेशीय मार्ग जोड्न रसुवागढी नाकामा नयाँ पुल निर्माण सुरु भएको छ। नेपाल–चीन प्रवेशका लागि हाल सञ्चालनमा रहेको रसुवागढी नाकामा ६ वर्षअघि निर्मित पक्की पुल २०७२ को भूकम्पले क्षति पुर्‍याएपछि नयाँ पक्की पुलको निर्माण सुरु गरिएको हो।

त्रिदेशीय मार्गका रूपमा विस्तार भएको रक्सौल–वीरगन्ज–गल्छी–त्रिशूली–स्याफ्रुबेसी–रसुवागढी–केरुङ सडक खण्डको रसुवागढीमा नेपाल र छिमेकी चीनबीचको व्यापार व्यवसाय अभिवृद्धि गर्ने उद्देश्यले पुल सुरु गरिएको हो। रसुवागढी राजधानी काठमाडौंदेखि एक सय ५२ किलोमिटर उत्तर भोटेकोशी नदीकिनारमा छ। ४३ महिनाअघि भूकम्पले पहिलेको पुलमा क्षति पुर्‍याएपछि मर्मत गरेर अस्थायी रूपमा पुल सञ्चालन गरिएको थियो।

रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार हाल यातायात भइरहेको स्थानदेखि पाँच मिटर उत्तरपूर्व लेहेन्दे खोलामा चीन सरकारले पुल निर्माण सुरु गरेको हो। चीनले पहिलो चरणमा आफ्नो भू–भागतर्फ पुल निर्माण थालेको हो।

लेहेन्दे खोलामाथि पहिले अस्थायी पुल बनाउने र ६ महिनाभित्र पक्की पुल निर्माण गरिसक्ने सीमा क्षेत्रका चिनियाँ अधिकारीबाट जानकारी आएको छ। चीनले सन् २०१७ को सेप्टेम्बर १ तारिखदेखि रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेसँगै रसुवागढी नाकामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएपछि पुल निर्माणले तीव्रता पाएको हो। रसुवाको सदरमुकाम धुञ्चेदेखि ३५ किलोमिटर उत्तरमा रहेको रसुवागढी नाकामा पुल निर्माण हुँदा आर्थिक विकासको द्वार खुल्ने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य स्थानीयवासी राजन श्रेष्ठले बताए। रसुवागढी भन्सारले दैनिक एक करोड राजस्व संकलन गर्दै आएको छ।

दैनिक ४० थान कन्टेनर सामान लिन केरुङ जाने र ५० थान कन्टेनर रसुवागढी हुँदै नेपाल भित्रिने तथ्यांक छ। नाकाबाट तयारी पोसाक, खुद्रा सामान र इलेक्ट्रोनिक सामान आयात भइरहेको निकासी पैठारीकर्ता भवनाथ पौडेलले बताए। जाडोयाममा रसुवागढी नाकाबाट चिनियाँ ज्याकेट, स्वेटरलगायत तयारी पोसाक आयात बढेको भन्सार कार्यालयले जनाएको छ।

यसैगरी चीनतर्फ धातुको मूर्ति, मेहन्दी, दन्तमञ्जन, श्रृंगारका सामान, चाउचाउ, पास्ता, जुस, जाम, चकलेट, उनी, गलैंचा कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रिम लगायतका मुख्य वस्तु निकासी भइरहेको रसुवागढी भन्सार कार्यालयले जनाएको छ। तयारी पोसाकमा सर्ट, पाइन्ट, टिसर्ट, रेनकोट, जुत्ताचप्पल आइरहेको छ भने चीनतर्फ मैदा, चाउचाउ, खुर्सानी, हस्तकलाका सामान निर्यात भइरहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.