अभिव्यक्तिको नागबेली यात्रा—२

अभिव्यक्तिको नागबेली यात्रा—२

स्वतन्त्र अभिव्यक्तिमाथि जब निरंकुुश तरबार उठ्यो, व्यंग्य र कटाक्षका माध्यमले प्रतीकात्मक अभिव्यक्ति दिन ‘कुुन्साङ काका’को जायजन्म भयो। समयको कथा कहन खोज्ने काकाले कन्दै भए पनि ‘बेलाको बोली’ बोल्ने चेष्टा गर्‍यो। जब ती दिन सम्झन्छुु, भय र उमंगमिश्रित विचित्र भावले म त्यसैत्यसै द्रवित र पुुलकित हुुन्छुु।


२०३६ सालमा शाही राजनीतिक रंगमञ्चमा कमलपित्ते जनमतसंग्रहको कुुटिल नाटक मञ्चन भयो। कमलपित्ते खेलाडी जालझेलको गणितीय खेलमा त विजयी भयो तर घर्षणमय अस्तित्वको प्रतिस्पर्धी यथार्थमा भने त्यो पराजयउन्मुुख भयो। र, अभिव्यक्तिको फाँटमा ‘प्र’को उदय भयो ! यो ‘प्र’को कथा बडो चाखलाग्दो छ। कमले जनमतसंंग्रहअघि छापामा कांग्रेस वा कम्युुनिस्ट लेख्न बर्जित थियो। कसैले लेखे पक्राउ पर्ने, कुुटिने र थुुनिने खतरा थियो। जनमतको निर्मम धक्काले कमलपित्ते पञ्चायत गल्यो। र, अब अगाडि ‘प्र’ उर्फ प्रतिबन्धित राखेर कांग्रेस वा कम्निस्ट लेख्न पाइने भयो। त्यो आतंकित पञ्चायती राजमा अभिव्यक्तिको दायरा किञ्चित फराकिलो भएको संकेत थियो। त्यही ‘प्र’लाई पछ्याउँदै सुुषूप्त ‘प्रगतिशील लेखक संघ’ ब्यूँझिन जुुर्मुुरायो।

तिनताक म चितवनमा मास्टरीको आवरणमा थिएँ। काठमाडौंमा लेखकहरूको संघमा कलाकारसमेत गाभेर ‘प्रलेक’ उर्फ प्रगतिशील लेखक–कलाकार संघको तदर्थ समिति गठन गरियो। र, केन्द्रवासी ब्रोहरूका कृपाले म मोफसलवासी पनि त्यसमा राखिएँ। प्रगतिशील लेखक संघ २००९ सालमा श्यामप्रसादको अगुुवाइमा जन्मेको थियो। र, त्यो २०१७ सालमा तानाशाह महेन्द्रको फौजी आखेटमा परी त्यो अनस्तित्वमा विलीन भएको थियो। साहित्यलाई जनमुुखी, जनजागरणकारी र विप्लवी रङ दिन यो संघ चिन्तनशील, रचनाशील र उपयोगी होला भनी म ठान्थेँ।

त्यसैले पछि, छयालीस सालपछि म प्रलेकबाट फेरि पुुरानै औतारमा फर्किएको प्रलेसको महासचिव पनि भइटोपलेँ। श्यामजीको नेतृत्व प्राप्त प्रलेस निश्चय नै चिन्तन, मन्थन र सिर्जनाको जीवन्त एवं स्पन्दशील मञ्च होला भन्ने मेरो भावुुक सपना थियो। तर, व्यवहारमा त्यो कम्निस्ट पार्टीहरूको पोलिटब्युुरोको गोटी र तुुच्छ गुुटबन्दीको अखाडा बन्यो। पहिले जुुन कारणले चौथो महाधिवेशनबाट म भागेको थिएँ, पछि त्यही कारणले म प्रलेसबाट पनि भागँे। जहाँ चिन्तन र सिर्जनशीलतामाथि नियन्त्रण, बन्धन र वर्जना हुुन्छ, त्यहाँ स्वतन्त्र अभिव्यक्ति नोकरशाहीको कमारो बन्छ। त्यसैले त प्रलेसबाट मैले टाप कसेँ। र, म लाल नोकरशाहीको प्रमाणपत्र प्राप्त प्रगतिशील लेखक रहिनँ।

०००

साहित्यिक अभिव्यक्तिको शैशवकालमा अलि दिन मैले कवि बन्ने अभिनय गरेँ। त्यो कविताले जीवनलाई बुुझ्ने र जगत्लाई कवितामा राख्ने मेरो चेष्टा थियो। तर मलाई छिटै नै महसुुस भयो, मेरो पाङ्दुुरे कविताले किमार्थ गरिखाँदैन। त्यसपछि म रुन्चे कथाकार भएँ। आरम्भिक कालका मेरो कथामा गरिपगुुरुवा र दीनदुुःखीप्रति अ श्रुुप्रवाह छ। ती कठैबराको भाकाका कथाहरू हुुन्। ती अनुुसारकमार्गी साहित्यिक मार्काका कथा हुुन्। पछि लाल विचारसँगको उठबससँगै मेरो अभिव्यक्तिमा रुमानी क्रान्तिचेत भरिँदै गयो। सार्थक लेखन प्रयोजनपरक हुुन्छ भन्ने चेत ममा जब खुुल्यो, मेरो अभिव्यक्तिले नयाँ औतार धारण गर्‍यो। यो विभेदकारी जगत् नारकीय छ र यो जगत्मा आम जनजीवन दारुण दशामा छ। यो जगत्लाई क्रान्तिको माध्यमले योभन्दा राम्रो र जिउन लायकको बनाउन सकिन्छ। मेरो अन्तरजगत्मा जब यो धारणा र विश्वास जागृत भयो, त्यसउप्रान्त मेरो अभिव्यक्ति यसै प्रयोजनप्रति समर्पित भयो। आख्यान पनि गैरआख्यान पनि। लालित्ययुुक्त साहित्य पनि, अखबारी कोरा गर्जन पनि।

०००

२०४० सालमा शाही सत्ताका स्वाँठहरूबाट लखेटिएर चितवनबाट म काठमाडौं आएँ। र, त्यो अपेक्षाकृत खुुला परिवेशमा मेरो लेखनीले अखबारमा पाइला टेक्यो। तिनताक कम्युुनिस्टहरूका ससाना वृत्त या कुुण्डहरू थिए। म चौथो महाधिवेशन नामक कुुण्डको नजिक थिएँ। काशीमा चौथो महाधिवेशनले मेरो अभिव्यक्तिमाथि कोर्रा लगाउनाले म त्यसको सदस्य भइनँ। तर मेरा हित्तचित्त मिलेका साथीसंगीहरू त्यही कुुण्डमा थिए। निर्मल लामा त्यहीँ थिए, निनुु चापागाईं त्यहीँ थिए, पारिजात दिदी त्यतै कतै थिइन्। चौथो महाधिवेशनको छातामुुनि ओत लागेको ‘वेदना’ पत्रिका त्यही कुुण्डको छातामुुनि थियो। त्यसैले म निकै पछिसम्म त्यही कुुण्डको सेरोफेरोमा घुुमिरहेँ। २०४३ सालमा होला, काठमाडौंमा ‘गर्जन’ भन्ने एउटा साप्ताहिक निस्कियो। म त्यसमा लेख्न थालेँ। त्यसपछि मैले ‘मूल्यांकन’ साप्ताहिकमा लेखेँ। त्यो बेला मेरो चिन्तन र लेखनको घेरा साँघुुरो थियो। र, स्वभावतः मेरो दृष्टिक्षितिज पनि साँघुुरै थियो।

जगत् जान्दछ, त्यो बेला कांग्रेस र कम्युुनिस्टको पानी बाराबारको तीक्त साइनो थियो। कांग्रेसका लागि कम्युुनिस्टभन्दा राजा प्रिय थियो होला। कम्युुनिस्टका लागि त मुुखर रूपमै कांग्रेसभन्दा राजा प्यारो थियो। र, नै त थेगोसरी भनिन्थ्यो, कांग्रेस दिल्लीको दलाल हो। बीपी कोइराला दिल्लीको दलाल हो र दिल्लीको खसोखास लेन्दुुप दोर्जे। कांग्रेसलाई माटोको माया छैन। तर, राजा हुुनलाई माटो चाहिन्छ। त्यस हदसम्म राजा देशभक्त हो। त्यस हदसम्म ऊ राष्ट्रवादी हो। जस्तो झुुण्ड, उस्तै त्यो झुुण्डको एकल जीव। हो, म पनि त्यो बेला राष्ट्रवादी थिएँ। मेरा राष्ट्रवादका प्रेरणास्रोत दुुइटा थिए। एउटा, कम्निस्टको कांग्रेसप्रतिको घृणा र राजाप्रतिको मोह। अर्को, महेन्द्रीय शिक्षाले ठोकी–ठोकीकन मेरो दिमागमा कोचेको नश्लीय राष्ट्रवाद। ‘यो हाम्रा साना दुुःखले आज्र्याको मुुलुुक होइन’को शाहवंशीय राष्ट्रवाद। ‘आकाशमा चन्द्रसूर्य रहुुन्जेल शाह वंश अजरअमर रहनेछ’को मूढमति राष्ट्रवाद। तिनताकका मेरा कतिपय लेखरचना पढेर मधेसका बागी मित्रहरू मलाई गिज्याउँछन्, त्यो बेला तिमी त गतिलै राष्ट्रवादी थियौ नि ! निकट अतीतका खड्गप्रसाद ओलीभन्दा करिब दुुईतीन इन्च तलका राष्ट्रवादी !

अभिव्यक्तिको अविच्छिन्न यात्रामा २०४६ सालमा मेरो जीवनमा विचित्रको घटना घट्यो। बिल्कुुल अकल्पनीय र अनपेक्षित। राजतन्त्रलाई परालका त्यान्द्राले बाँधेर संवैधानिक बनाइयो। यतिसम्म त अपेक्षित नै थियो। अबउप्रान्त लेखिने शब्दमा कत्ति पनि सेन्सर हुुनेछैन भनी संविधानमा उद्घोष गरियो। मेरो लागि त्यो अकल्पनीय कुुरा थियो। एकदम स्वप्नवत्, एकदम अद्भुुत। म कठोर परम्पराको अधीनमा, पितृसत्ताका उत्तराधिकारी बाको अधीनमा, गुुरुकुुल टाइपको विद्यालयको अधीनमा हुुर्केको मानिस। यी अनेक अधीनस्थताको चार किल्लाभित्रको मानसिक कैदी म। म पञ्चायती नियन्त्रणको खोरमा हुुर्किएको मानिस। मलाई बिनासेन्सर, बिनाकालो पोताइ, बिनाछेकथुुनको अभिव्यक्ति हुुन्छ भन्ने नै लाग्दैनथ्यो। सत्ताको त्रूmर छायामा जिन्दगीमा जिएको कहिल्यै अनुुभूति भएको छैन, त्यो यसरी होला भनेर मैले कसरी कल्पना गर्नुु ?

>>> अभिव्यक्तिको नागबेली यात्रा–१

आनन्दमय विस्मयको भावमा मैले आफैंलाई सोधेँ, ‘भाइ, यो जगत्मा सरकारी सेन्सरशून्य अभिव्यक्ति पनि हुुन्छ ? ’ तर त्यो भयो। त्यो पनि मेरै जीवनमा। त्यो उन्मुुक्त परिवेशका मेरा अखबारी व्यंग्य र कटाक्ष एवं क्रन्दन र गर्जनहरू ‘जनआन्दोलनका छर्राहरू’ नामक पुुन्टे पुुस्तिकामा सँगालिएका छन्। त्यो पुुन्टे पुुस्तिकामाथिका दुुईवटा प्रतिक्रियाको मलाई अझै सम्झना छ। नेपालप्रेमी बेलायती विद्वान् माइकल हटले पारिजात दिदीसँग भनेछ्न्, ‘संग्रौलाले त साह्रै कडा लेखेछन् नि दिदी।’ हैन, तिनले के लेखेछन्, माइकल ? तिनले त दिदी, ‘चाँदनी शाह र चाँदीका टुुक्रा’ लेखेछन्। अलि वर्षपछि डाक्टर भनिन नरुचाउने डा. प्रत्यूष वन्तले ‘जनआन्दोलनका छर्राहरू’ पढ्नैपर्ने एउटा पुुस्तिका हो भनेर छापामा मलाई फुुक्र्याए। त्यो पुुन्टे पुुस्तिकामा कथनको नवीनता, चिन्तनको सघनता, अभिव्यक्तिको परिस्कार वा सिर्जनाको आकर्षण वास्तवमा केही नै छैन। तथापि त्यसमा एउटा चीज अवश्य छ। बन्धित अभिव्यक्ति निर्बन्ध, सेन्सरमुुक्त भएपछि, बन्धनमुुक्त मानिसमा जुुन उमंग पैदा हुुन्छ, त्यो त्यसमा झल्किन्छ। मलाई लाग्छ, त्यो पुुन्टेको थोरै महत्ता त्यसैमा छ।

राजतन्त्र संवैधानिक भयो त भनियो, तैपनि त्यससँग डर लाग्न छाडेन। डन्ठे पुुलिस देख्यो कि डर लाग्थ्यो। शाही सैनिक देख्दा त झन्डैजसो सातै जान्थ्यो। ती सत्ताका दमनकारी उपकरण थिए। तर तीसँग डराउँदै भए पनि मैले सत्य बोल्न यत्न गरिरहेँ। म एक आवेगी जीव हुुँ, आफ्नो चित्तले खाएको निष्ठाप्रति समर्पित। हस्तक्षेपकारी क्षणमा म प्रायः उत्ताल आवेगद्वारा वशिभूत हुुन्थेँ। त्यसो त अहिले पनि हुुन्छुु। त्यसैले लेख्दाको घडीमा म परिणामको किञ्चित् पर्वाह गर्दिनथेँ। त्यसो त अहिले पनि गर्दिनँ। तर मेरो अभिव्यक्ति जब छापिएर आउँछ, कहिलेकाहीँ त आफ्नै कर्मसँग आफूलाई डर लाग्छ। तर, त्यो मेरो क्षणभंगुुर डर हो। त्यो हठात आउँछ र त्यो खुुरुक्क जान्छ। लेख्दाको घडीमा फेरि उही कुुरा दोहोरिन्छ। उही उत्ताल आवेग, परिणामप्रति उही बिल्कुुल बेपर्वाह। पहिले, मेरो अभिव्यक्ति बाहिर सार्वजनिक भएपछि शान्त मनोदशामा श्रीमतीका अनुुहारको आतंकित भाव पद्दा म भित्रभित्रै हल्लिन्थे। भावुुक हुुँदै म सोच्थेँ, ममाथि आश्रित दुुई कलिला चिचिला छन्। कदाचित मेरो जीवन बीचैमा तलमाथि भयो भने तिनको भविष्य के हुुन्छ ? म श्रीमतीको अनुुहारमा यही चिन्तातुुर भाव पढ्थेँ। तर लेख्दाको घडीमा फेरि उही पुुरानै कुुरा दोहोरिन्थ्यो। उही उत्ताल आवेग, परिणामको उही बिल्कुुल बेपर्वाह।

परम्परा वा सत्ताद्वारा थोपरिने सेन्सरसिप लेखकमाथि बाह्य शक्तिको क्रीडा हो। त्यो देखिन्छ, त्यो बुुझिन्छ। र, आफ्नो निष्ठाप्रति दृढ विश्वास छ र मृत्युुको भय भयावह छैन भने डराउँदै भए पनि त्योसँग लड्न र आफ्नो निष्ठामा अड्न सकिन्छ। तर सेल्फ सेन्सरसिप ? यो भने औधी खतरनाक छ। यसका कारण मूलतः दुुईवटा छन्, भय र प्रलोभन। जहाँ भय हुुन्छ, त्यहाँ प्रलोभन हुुन्छ। जहाँ ती दुुई तŒवले आलोचनात्मक विवेकलाई दमित तुुल्याउँछन्, त्यहाँ मानिस कुुरा चपाउन थाल्छ र कुुरा लुुकाउन थाल्छ। ऊ तुुच्छ स्वार्थको तुुलोमा शब्दहरू तौलिएर लेख्न थाल्छ। उसका दुुईवटा जिब्रा हुुन्छन्— एउटा राख्ने, अर्को फार्ने। उसको चिन्तन र चरित्रमा ढोँङका पत्रपत्र हुुन्छन्। र, अरूसँगै ऊ आफैंलाई ढाँट्दै हिँड्छ।

०००

२०५२ साल आयो र नेकपा माओवादीको जनयुुद्ध सुुरु भयो। माओवादी जनयुुद्ध सत्ताका लागि प्रेसको घाँटीमा सुुर्काने कस्ने अलिकता कारण बन्यो, अलिकता निहुुँ बन्यो। र, मुुक्त अभिव्यक्तिको शैशवकालीन उमंगमाथि सत्ताको तरबार नाच्न थाल्यो। माओवादी विद्रोहलाई सत्ताले झर्रो प्रशासनिक समस्या ठान्यो। त्यसको सामाजिक, आर्थिक र सांस्कृतिक आधार र कारण होला कि भनी रत्तिभर सोचेन। र, मिडिया, मूलधारे ढ्याके मिडिया, जसोजसो बाहुुन बाजे उसैउसै स्वाहाको बाटोमा लहसियो। स्वतन्त्र भनिने मिडिया झन्डैजसो सत्ताको अविवेक र अन्धवेगमा विलीन भयो। सत्ताका नजरमा माओवादी गतिविधिलाई असामाजिक अतिवाद मानियो। मिडियाले आँखा चिम्लेर सोही रागको रटना गर्‍यो। र, जालझेल, कपट, षड्यन्त्र र बन्दुुकको बलले माओवादी विद्रोहलाई ठीक पार्ने लुुते धन्दा सुुरु भयो।

यथास्थितिवादी सत्ताले माओवादीलाई आतंककारी घोषित गर्नुु बुुझिने कुुरा हो। त्यो सत्ताद्वारा गैरन्यायिक हत्याको शृंखलाको मञ्चन गरिनुु पनि बुुझिने कुुरा हो। पक्राउ, यातना र बेपत्ताको निर्मम सिलसिला पनि बुुझिने कुुरा हो। तर मिडियाले सत्ताका यी सबै आततायी कृत्यहरूको मौन वा मुुखर समर्थन गर्नुु उसको घोषित प्रतिबद्धता र धर्मविपरीत कुुुुरा हो। तर जे नहुुनुु थियो, भयो त्यही नै। मिडियाले आफ्नो प्रतिबद्धता बिस्र्यो र आफ्नो धर्म छाड्यो। माओवादीका बातमा वा बहानामा फौजी शिविरद्वारा मानिस पक्राउ पर्छ। मिडिया त्यो देख्छ तर बोल्दैन। फौजी शिविरमा दारुण यातनाको हल्ला चल्छ। मिडिया त्यो हल्ला सुुन्छ तर बोल्दैन। बन्दी बेपत्ता पारिएको समाचारले सिंगो सहर काम्छ। तर मिडिया सोधखोज, हस्तक्षेप केही गर्दैन। मिडियाका दृष्टिमा मानौं माओवादी सरासर आतंककारी हो, असामाजिक र मानवद्रोही। त्यसैले न्यायिक विधिले होस् या गैरन्यायिक विधिले, त्यो मारिन लायक छ। स्वतन्त्र अभिव्यक्तिका लागि त्यो भयानक सकसको याम थियो।

ढ्याके मिडिया नै आततायी सत्ताको उन्मादमा विलीन भएपछि सत्ता नामक भीमकाय अजिंगरविरुद्ध कोे बोल्न सक्छ ? यदाकदा कन्दै कान्तिपुुर बोल्यो, तर त्यो बोली केवल अरण्य रोदनतुुल्य भयो। कान्तिपुुरका पातामा जो बोले, ती सत्ताको आखेटमा परे। ती कोही भूमिगत भए, कोही विदेश भागे। सत्तापक्ष त यसै पनि निरंकुुश र आतताती हुुने नै भयो। संकटकालमा जनताका आँखा, कान र जिब्रो बन्ने धर्म थाम्नुुपर्ने प्रतिपक्ष एमालेले सत्तासामुु लम्पसार परेर देउवाकृत संकटकाललाई घरिघरि काँध थाप्यो। अनि धन्दाजीवी मानवअधिकारवादीहरू नि ? तिनले पनि मौन भावमा र सभक्ति दमनकारी सत्ताका पाइला पछ्याए। झोलामा आतंककारीको टाउको लिएर आउनू र त्यो झोलाभरि रकमको बिटो लिएर जानू, सत्ताले फर्मान जारी गर्‍यो। कुुनै धन्दावाल मानवअधिकारवादीले यो फर्मान गैरन्यायिक हो भनेन। यो अमानवीय हो भनेन।

माओवादी र सत्ताबीचको भीषण घर्षणकालमा स्वतन्त्र अभिव्यक्तिप्रतिको चरम असहिष्णुुतामा माओवादी राज्यको कडा प्रतिस्पर्धी बन्यो। मेरो चिन्तन र कर्मको तारिफ गर, जयगान गर, महिमा मण्डन गर, त्यो सब ठीक छ। मेरो चिन्तन र कर्मप्रतिको आलोचना, व्यंग्य र कटाक्ष सर्वथा बेठीक छ। जो त्यो गर्छ, त्यसको चर्म छेदन हुुन्छ। यो विद्रोही माओवादीको अकथित फर्मान हो। नभन्दै माओवादीले धेरैको त चर्म छेदन गरेरै छाड्यो। थाहा छैन मेरो चर्मचाहिँ कसरी जोगियो। मेरो उपन्यास ‘जूनकीरीको संगीत’मा जनवादी हुुँ भन्ने माओवादीको जनविरोधी कार्यशैलीमाथि कटाक्ष गरिएको छ। माओवादी नेतागणलाई त्यो असह्य भयो। कमरेड किरणले ‘जूनकीरीको संगीत’लाई लामखुुट्टेको भुुनभुुनको संज्ञा दिए। त्यहाँसम्म कुुरो ठीकै थियो। कमसेकम शब्दको प्रतिवाद शब्दले गरिएको थियो। तर कमरेड अध्यक्ष प्रचण्डले आफैं लेखेर वा कुुनै भक्तलाई लेख्न अह्राएर ममाथि भौतिक कारबाहीसमेत हुुन सक्ने फर्मान जारी गरे। ‘जूनकीरीको संगीत’ शब्दमा लेखिन सक्ने सबैभन्दा कुुरूप चीज हो भन्ने उनको खतरा निचोड थियो। अहिले तिनै माओवादी, पुुष्पकमलमा रूपान्तरित तिनै प्रचण्ड र तिनको गण सत्तामा छन्। र, स्वतन्त्र अभिव्यक्तिमाथि निषेधको विषाक्त तरबार चलाउने ओलीको बोलीमा सुुगा शैलीमा ती लोली मिलाइरहेका छन्।

०००

ज्ञानशाही दमनकालमा भने मूलधारे मिडियाको भूमिका फरक भयो। प्रारम्भमा जब सम्पादकीय टेबुुल मिसिनगनधारी फौजीको कब्जामा पर्‍यो, मिडिया किंकर्तव्यविमूढ भयो। तर शनैशनै पहिले प्रतीकात्मक भाकामा, पछि मुुखर स्वरमा बोल्न थाल्यो। अलि दिनपछि त मिडिया ज्ञानशाहीतन्त्रमाथि अरिंगालको बिच्केको गोलोभैmं झ्वाम्मै खनियो। देउवाकृत संकटकाल र ज्ञानशाहीकृत फौजीतन्त्र मेरो अभिव्यक्तिका अविस्मरणीय क्षणहरू हुुन्। स्वतन्त्र अभिव्यक्तिमाथि जब निरंकुुश तरवार उठ्यो, व्यंग्य र कटाक्षका माध्यमले प्रतीकात्मक अभिव्यक्ति दिन ‘कुुन्साङ काका’को जायजन्म भयो। समयको कथा कहन खोज्ने काकाले कन्दै भए पनि ‘बेलाको बोली’ बोल्ने चेष्टा गर्‍यो। जब ती दिन सम्झन्छुु, भय र उमंगमि िश्रत विचित्र भावले म त्यसै त्यसै द्रवित र पुुलकित हुुन्छुु।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.