‘अब कहिल्यै भलिबल खेल्दैनौं'

‘अब कहिल्यै भलिबल खेल्दैनौं'

काठमाडौं : हेल्प नेपाल स्पोर्ट्स क्लबका महासचिव अरुण श्रेष्ठले आफ्नो क्लबले अबदेखि भलिबल नखेल्ने घोषणा गरेका छन् । पोखरामा जारी चौथो राष्ट्रिय भलिबल लिगका क्रममा आयोजकले हतोत्साहित बनाएको भन्दै उनले क्लबले भलिबल नखेल्ने निर्णय गरेको बताए । ‘हामीले क्लब लिग सुरु भएदेखि नै सहभागिता जनाउँदै आएका थियौं । राष्ट्रिय खेलाडीको स्तर वृद्धिका लागि विदेशी खेलाडी पनि भित्र्याउँदै आएका थियौं’, श्रेष्ठले भने, ‘भलिबल संघले पटकपटक दुःख दिएपछि अब भलिबल नै नखेल्ने निर्णय लिन बाध्य भयौं ।’

उनले २०६९ सालमा चारजना विदेशी खेलाडी खेलाउन पाउने नियमअनुसार नै क्लबले चारजना खेलाडी भित्र्याएकोमा विभागीय टोलीको दबाबमा परेर नियम परिवर्तनका नाममा पटकपटक दुःख दिने काम गरेको आरोप लगाए । ‘हामीले लगातार तीन दिन खेलिसकेका थियौं । चौथो दिनमा आएर उहाँहरूले खेलाडीको परिचयपत्र खोज्नुभयो’, उनले भने, ‘हामीलाई दिँदै नदिएको परिचयपत्र हामीले कसरी देखाउने’, श्रेष्ठले प्रश्न गरे, ‘हामीले गल्ती गरेका थियौं भने पहिलो दिन नै किन खेल्न दिएको ? ’।

श्रेष्ठले खेलाडीको परिचयपत्रलाई लिएर सामान्य विवाद सुरु भएको पाँच मिनेटमै टेक्निकल टिमले विपक्षीलाई वाकओभर दिएको दाबी गरे । ‘एपीएफ क्लबका प्रशिक्षकले हाम्रो खेलाडीको परिचयपत्र मागेपछि सामान्य विवाद भइरहँदा टेक्निकल टिमले एक्कासि एपीएफलाई विजयी घोषणा गरे । हामी मैदानमा हुँदाहुँदै कुन आधारमा उहाँहरूले वाकओभर दिनुभयो हामीले बुझेका छैनौं’, श्रेष्ठले अन्नपूर्ण पोस्ट्सँग भने ।

उनले पोखरामा सञ्चालन भइरहेको लिग अहिलेसम्मकै अव्यवस्थित प्रतियोगिता भएको आरोप पनि लगाए । ‘राष्ट्रिय प्रतियोगितालाई मोफसलमा लगेर गराउँदा थुप्रै व्यवस्थापकीय कमजोर भएको छ । खेलाडीका लागि राम्रो होटेल त परको कुरा खेल्दा पानीसम्म खान पाउँदैनन् । व्यवस्थापन अत्यन्त कमजोर छ’, उनले भने ।

महासचिव श्रेष्ठले भारतीय खेलाडी ल्याउन ५-६ लाख रुपैयाँ खर्चनुका साथै उनीहरूको खाने बस्ने व्यवस्था पनि आफूहरूले नै गर्नुपरेको दाबी गरे ।

नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङले सबै क्लबलाई नौ नेपाली र तीनजना विदेशी खेलाडी खेलाउन पाउने व्यवस्थासहितको पत्र पठाएको बताए । ‘एउटा टोलीमा नौ नेपाली र तीन विदेशी खेलाडी खेलाउन पाउने व्यवस्था अनुरूप पत्राचार गरिएको थियो’, गुरुङले भने, ‘प्रतियोगिता सुरु हुनुभन्दा एक दिनअघिको टेक्निकल मिटिङमा पनि उहाँहरू सहभागी नभएकाले नयाँ नियमका बारेमा नबुझेको हुनुपर्छ ।’

गुरुङले हेल्प नेपालले भलिबल नखेल्ने घोषणा गर्नु नेपाली भलिबलका लागि दुर्भाग्यपूर्ण भएको बताए । ‘हेल्प नेपालले नखेल्नु भनेको नेपाली भलिबलका लागि दुर्भाग्य हो’, उनले भने, ‘हेल्प नेपालका साथीहरूलाई यो निर्णयमा एक पटक सोच्न आग्रह गर्दछु ।’ उनले व्यवस्थापकीय केही कमी कमजोरी भए पनि खेलाडीलाई खानेबस्ने व्यवस्था भने राम्रो रहेको दाबी गरे ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.