सिरहामा भेटिएको बम सेनाले डिस्पोज गर्यो
सिरहा : आइतबार बिहान सिरहाको गोलबजार नगरपालिका ४ स्थित नेपाल टेलिकमको रिपिटर टावर नजिकै भेटिएको शक्तिशाली प्रेसरकुकर बस नेपाली सेनाले डिस्पोज गरेको छ।श्री नयाँ गोरख गण चोहर्वाबाट सहायक रथी बाबुराम नेतृत्वको सेना टोली उक्त बम डिस्पोज गरेको हो।
इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर नविन घिमिरेका अनुसार बिहान सडकमा हिँडडुल गर्ने व्यक्तिले शंकास्पद वस्तु देख्दा प्रहरीलाई खबर गरेको थियो। 'प्रहरीलाई जानकारी आउने बितेकै सम्भावित घटना हुन नदिनका लागि सशस्त्र र नेपाल प्रहरीले घेरा हालेका थियौँ,' उनले भने,'नेपाली सेनाको टोलीले ११ बजे बम डिस्पोज गरेको छ।'
बम भेटिएको ठाउँ नजिकै 'स्वतन्त्र तराई निर्माण सेना' को पर्चा भेटिएको छ। मिति, छाप र आधिकारिक हस्ताक्षर समेत नरहेको पर्चामा औपनिवेशिक शासन विरुद्धको तराई मुक्ति आन्दोलनले एक दशक पूरा गरेको र अबका दिनमा संघर्षलाई निरन्तराता दिन सहयोगको अपेक्षा गरिएको उल्लेख छ।