भ्रमणमा प्रमुख र कर्मचारीका आफन्त

भ्रमणमा प्रमुख र कर्मचारीका आफन्त

फिदिम : यात्रा गर्नुपूर्व गन्तव्य तय गरिन्छ। निश्चित उद्देश्य राखेर कामको थालनी हुुन्छ। तर पाँचथरको फालेलुङ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी भने उद्देश्य र गन्तव्य निर्धारण नगरी भ्रमणमा निस्किएका छन्।

पालिकाको बजेटमा गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङको नेतृत्वमा जम्बो टोली भ्रमणमा निस्किएको हो। ‘हामी साताव्यापी भ्रमणमा निष्किएका छौं’, अध्यक्ष केरुङले अन्नपूर्णसँग भने ‘भ्रमणमा कति बजेट सकिन्छ र कहाँ पुगिन्छ अहिले भन्न सकिदैन। भ्रमणबाट फर्किएपछि बजेटको विषयमा कुरा गराैँला।’

देशभरिका नमूना गाउँपालिका, नयाँ ठाँउ र नाम चलेका आकर्षक गन्तव्य घुम्ने भन्दै पुस ५ देखि जम्बो टोली भ्रमणमा निस्किएको हो। तर, कुन ठाँउ घुम्ने टुंगो गरिएको छैन। भ्रमण टोलीमा गाउँपालिकाका अध्यक्ष केरुङ, उपाध्यक्ष हिमा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मौसम ढुंगेललगायत जनप्रतिनिधि र कर्मचारी गरी ३० जनाभन्दा धेरै छन्।

कार्यपालिका बैठकले भ्रमणमा जाने विषय निर्णय गरेपनि कति खर्च गर्ने तय गरेको थिएन। ‘कार्यपालिकाका सदस्य, कर्मचारी, पार्टी प्रतिनिधि, शिक्षकका प्रतिनिधि र अगुवा किसानलाई भ्रमणमा लैजान निर्णय गरिएको हो’, फालेलुङ ८ का वडाध्यक्ष पदम बहादुर (पविन्द्र) फागोले भने, ‘तर निर्णय गरेबमोजिम भ्रमण टोलीमा सहभागी समेटिएका छैनन्।’

निर्णय विपरित भ्रमण टोली तयार गरिएको भन्दै अधिकांश वडाध्यक्षले आफ्नो भ्रमण रद्द गरेका छन्। एक वडाध्यक्षका अनुसार पालिका अध्यक्ष केरुङ र प्रमुख प्रशासकीय अधिकृत ढुंगेलका आफन्तलाई भ्रमणमा सामेल गरिएको छ। निर्णय बमोजिमको भ्रमण टोली तय नभएकाले अधिकांश वडाध्यक्ष भने भ्रमणमा गएका छैनन्। केही वडाध्यक्षले सदरमुकाम फिदिम पुगेर भ्रमण रद्ध गरेका थिए। कार्यालयका कर्मचारी भ्रमणमा निस्किएकाले काम ठप्प हुँदा सेवाग्राही मारमा परेका छन्।

प्रमुख प्रशाखकीय अधिकृत ढुंगेलले कार्यालयका सूचना अधिकारी ठाकुर भण्डारीलाई जिम्मेवारी सुम्पेर भ्रमणमा सामेल भएका हुन्। गाउँपालिकाका आधा भन्दा धेरै कर्मचारी भ्रमणमा छन्। जनप्रतिनिधि र कर्मचारी भ्रमणमा भएकाले पालिकाको काम प्रभावित भएको छ। ‘प्रमुख प्रशासकीय अधिकृतले गर्ने सबै काम मैले गर्न मिल्दैन’, भण्डारीले भने, ‘कार्यालयको मुख्य कर्मचारी नै भएपछि सेवाग्राही स्वभाविक रुपमा मारमा परेका छन्।’

उद्देश्यबिना भ्रमणमा जानु नहुने छलफल भएपनि अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको जोडबलमा भ्रमण टोली निस्किएको वडा नं. ५ का वडाध्यक्ष जीवन राईले बताए। ‘भ्रमणमा कति खर्च गर्ने भनेर निर्णय भएको छैन,’ राईले भने,‘सामान्य खर्च गाउँपालिकाले बेहोर्ने भन्ने हो।’ एक साताका लागि बसलाई प्रतिदिन २५ हजार रुपैयाँ र टोलीको खानेबस्ने आदिमा निकै ठूलो रकम खर्च हुने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.