निर्मला हत्या प्रकरण : सीआईबीको अर्को टोली कञ्चनपुर

निर्मला हत्या प्रकरण : सीआईबीको अर्को टोली कञ्चनपुर

काठमाडौं : कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको १५० दिन पुगेको छ। बलात्कारपछि हत्या घटना अनुसन्धानका क्रममा प्रहरीले प्रमाण मेटेपछि अपराधी पत्ता लाग्न सकेको छैन। निर्मला प्रकरण अनुसन्धानका लागि पछिल्लो पटक केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को अर्काे टोली कञ्चनपुर पुगेको छ। सीआइबीका प्रवक्ता एसपी सुदीप गिरी नेतृत्वको टोलीले कञ्चनपुर पुगेर अनुसन्धान थालेको छ।

सीआइबीको एउटा टोली कञ्चनपुरमै रहेका बेला काठमाडौंबाट गिरी नेतृत्वको अनुसन्धान टोली त्यहाँ पुगेर अनुसन्धान थालेको हो। ‘निर्मला प्रकरण अनुसन्धानका लागि हाम्रो टोली निरन्तर कञ्चनपुरमै छ’, सीआइबीका प्रवक्ता समेत रहेका गिरीले अन्नपूर्णसँग भने, ‘हामी अनुसन्धानकै चरणमा छौं, केही प्रगति भएको छ, यसबारे थप बोल्नु अहिले हतार हुन्छ।’

निर्मला प्रकरणमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्ट र सीआइबीका डिएसपी अंगुर जिसीसहितले प्रमाण नष्ट गरेपछि नेपाल प्रहरीको सिंगो संगठननै विवादमा मुछिएको छ। उनीहरू दुवैको भूमिका ‘गैर व्यवसायिक र आचरणविपरित’ रहेको ठहर गर्दै प्रहरीको उच्चस्तरीय छानबिन समितिले कारबाहीको सिफारिस गरिसकेको छ।

निर्मलाको बलात्कारपछि हत्याको घटनामा साविती बयान दिएको भनिएका स्थानीय किशोर प्रदीप रावल अझै प्रहरीको हिरासतमा छन्। लागूऔषध दुव्र्यसनी रहेका प्रदीपले मंसिर १८ मा पक्राउ लगत्तै प्रहरीसमक्ष घटना स्वीकारेका थिए। तर केरकारका क्रममा प्रदीपले बयान फेरेपछि प्रहरीको पछिल्लो प्रयास पनि असफल भएको छ।

प्रदीपको बयानका आधारमा पक्राउ गरी काठमाडौं ल्याइएका विशालले आफूलाई मार्ने धम्की दिएपछि प्रहरीसामू निर्मलाको हत्या स्वीकारेको शनिबार बताएका छन्। उनी र प्रदीपलाई सीआइबीले करिब २० दिनसम्म हिरासतमा राखेर बयान लिने क्रममा दुवैले पटक पटक कुरा फेरेका थिए।

यही प्रकरणमा एआइजी धीरु बस्न्यातको संयोजकत्वमा गठित छानबिन समितिले एसपी विष्टसहित १८ जना प्रहरी अनुसन्धानका क्रममा प्रमाण मेट्नेसहितका गैरव्यवसायिक र आचरणविपरितको काम गरेको भन्दै कारबाहीको सिफारिस गरेको छ।

बदमाशीमाथि बदमासी

वडा प्रहरी कार्यालय कञ्चनपुरका इन्सपेक्टर जगदीश भट्टको नेतृत्वमा साउन ११ गते घटनास्थल पुगेको प्रहरी टोलीले अनुसन्धानमा अति महत्वपूर्ण प्रमाण नष्ट गरेपछि केश जटिल बनेको थियो। घटनास्थल आसपास, उल्टाखाम गाउँ र भीमदत्तनगर क्षेत्रमा घटनाको समयमा सक्रिय करिब ९ हजार जनाको मोबाइल फोन कलको विश्लेषण गरिसकेको प्रहरीले हत्याबारे गतिलो ‘तथ्य’ फेला पार्न सकेको छैन।

यो प्रकरणमा प्रहरीले अहिलेसम्म ६ सय जना भन्दा धेरैसँग सोधपुछ गरिसकेको छ। १२० जना भन्दा धेरैलाई केही दिन नियन्त्रणमा लिएर सोधपुछ पनि गरेको छ। प्रहरीले घटनापछि पक्राउ परेर छुटेकालाई समेत अहिले विशेष निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ।

‘स्थानीय प्रहरीले बिगारेको यो केश सीआइबीबाट पुगेको अनुसन्धान टोलीले पनि झन् बिगारेको पाइयो। डिएसपी अंगुर जिसी नेतृत्वको टोलीले निर्मला प्रकरणमा नक्कली प्रमाण बटुलेको समेत भेटियो’, प्रहरीका एक उच्च अधिकारी भन्छन्, ‘निर्मला प्रकरणमा दीलिपसिंह विष्टलाई मुख्य अभियुक्त बनाउन सीआइबीको टोलीले घरमै पुगेर उनको सर्ट घटनास्थलमा लगी गोजी च्यातेर फालेकोसमेत पाइयो।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.