नेविसंघ अधिवेशन विवाद : पार्टी कार्यालयमा ताला लगाउने र फोड्नेबीच होडबाजी

नेविसंघ अधिवेशन विवाद : पार्टी कार्यालयमा ताला लगाउने र फोड्नेबीच होडबाजी

परासी : पश्चिम नवलपरासीमा हुन लागेको नेविसंघ जिल्ला अधिवेशन विवादले उग्ररुप लिएको छ । पार्टीले विवाद टुंग्याउन नसकेको भन्दै विद्यार्थीको एक समुहले ताला लगाएको छ ।

अर्को समुहले विधान विपरित अधिवेशन गर्न पार्टीलाई दबाब दिएको भन्दै ताला फोडेपछि विवादले उग्ररुप लिएको हो । विवाद मिलाएर अधिवेशन गराउन जिल्ला समितिले कार्यबहाक सभापति अर्जुनकुमार पोखरेलेको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाएको छ । अधिवेशनका लागि नेविसंघको केन्द्रीय समितिले केन्द्रीय सदस्य टंक पाण्डेलाई केन्द्रीय प्रतिनिधिमा खटाएको छ ।

जिल्लामा दधिराम पौडेल र राजन भण्डारी नेतृत्वको नेविसंघ जिल्ला समिति छ । पौडेल समूहलाई कार्यबहाक सभापति पोखरेल तथा पूर्वसांसद विक्रम खनाललगायतका नेताको समर्थन छ भने भण्डारी समूहलाई प्रतिनिधिसभा सदस्य एवं पार्टी केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल तथा प्रदेशसभा सदस्य बैजनाथ जयसवाललगायतको समर्थन छ ।

दुवै समुहले सबैजसो इकाईमा आ–आफ्ना समुहका समान्तर समिति गठन गरेका छन् । पौडेल र भण्डारीले आफूहरुको समिति आधिकारिक रहेको दाबी गर्दै आएका छन् । विवाद मिलाउन शुक्रबार बसेको पार्टी कार्यदलको निर्णयप्रति असन्तुष्टि जनाउँदै भण्डारी समूहले पार्टी कार्यालयमा लाता लगाएको हो भने त्यस लगत्तै अर्को समुहका विद्यार्थी पुगेर ताला फोडेका थिए । शुक्रबार लगाएको ताला फोडेपछि शनिबार दिउँसो भण्डारी समूह ताला लगाउन पुगेको थियो त्यस लगत्तै अर्को समूह ताला फोड्न पुगेपछि विवादले उग्ररुप लिएको थियो ।

नेविसंघ केन्द्रीय प्रतिनिधिसहित बसेको कार्यदलको बैठकले पार्टी प्रतिनिधि, दुई समुहका एक÷एक जना विद्यार्थी सम्मिलित समितिले क्षेत्रिय सभापतिको रोहबरमा सम्बन्धीत क्यापस, विद्यालय र पालिका समन्वय इकाईको अधिवेशन गर्ने निर्णय गरेको कार्यबहाक सभापति पोखरेलले बताए । निर्णयप्रति पौडेल पक्षले सहमति जनाएको छ तर भण्डारी समुहले भने असहमति जनाउँदै विवादितबाहेक अन्य इकाईमा मात्र चुनाव हुनुपर्ने अडान लिएपछि विवाद चर्किएको हो । अधिवेशन गराउँदा इकाई बाडफाँड गरी दुई समुहलाई छुट्टा छुट्टै खटाउनुपर्ने र कार्यबहाक अध्यक्षको हैषियतले जिल्ला अधिवेशन गराउनुपर्ने माग राखेको भण्डारीले बताए । विधान विपरित पार्टीलाई अधिवेशन गर्न दबाब दिएकाले आफूहरुले ताला फोडेको अर्का समुहका विद्यार्थी नेता रोशन शाहले बताएका छन् ।

नेविसंघ केन्द्रीय समितिका अध्यक्ष नैनसिंह महरले २०७५ भदौ १८ गते प्रेस विज्ञप्ती प्रकाशित गरी विवादित जिल्लामा पुगेर पदाधिकारीबाट गठन गरिएका सबै समिति गैरवैधानिक भएकाले स्वत रद्द हुने जनाएका थिए । सोही अनुसार विवादित जिल्लाका समिति रद्द भएका हुन् । तर जिल्लामा रहेको भण्डारी समुहका विद्यार्थीले तीन वर्षअघी आफूले जिल्ला अध्यक्षबाट कार्यबहाक पाएकाले सोही पदअनुसार जिल्ला अधिवेशन हुनुपर्ने अडान लिएको छ । केन्द्रले विवादित समिति रद्द गरेकाले कुनै पनि पदाधिकारी बहाल नहुने हुँदा विधान अनुसार अधिवेशन हुनपर्ने पौडेल पक्षको माग छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.