सामाजिक विकृतिविरुद्ध राजु मास्टर र बल्छी ध्रुवेको बेजोड प्रस्तुति

सामाजिक विकृतिविरुद्ध राजु मास्टर र बल्छी ध्रुवेको बेजोड प्रस्तुति

नुवाकोट : समाजमा विद्यमान सामाजिक विकृति र विसंगति विरुद्ध यतिबेला चर्चित हाँस्य कलाकार नुवाकोटमा क्रियाशील भएका छन्। पछिल्लो समय आधुनिकताका नाममा समाज बढेको विकृति र विसंगतिले  समाजलाई गलत बाटोतर्फ लगिरहेको भन्दै त्यसलाई निरुत्साहित गर्न चर्चित हाँस्य कलाकार राजु मास्टर उर्फ राजु पौडेल र बल्छी ध्रुवे उर्फ मरिचमान श्रेष्ठ सोमबार नुवाकोटमा  एक कार्यक्रममा देखा परे।

चर्चित हाँस्य टेलिश्रृंखला मेरी बास्सैका मुख्य पात्रका रुपमा स्थापित यो जोडीले नुवाकोटको त्रिशूलीबजारमा जारी प्रथम त्रिशूली महोत्सवमा आफ्नो प्रस्तूति दिँदै सामाजिक विसंगतिले समाजमा मात्रै होइन, व्यक्ति, घर, समुदाय र सरोकारवाला क्षेत्रमा पारेको असरको चित्रण गर्दै प्रहसनमार्फत हजारौं दर्शकलाई हँसाए। 

उनीहरुले दर्शकको साथ मात्र पाएनन्, समाजलाई सकारात्मक सन्देश दिने कार्य आफैंबाट सुरु गर्नुपर्ने भन्दै सहभागी हजारौं नुवाकोटे दर्शकलाई हसाउँदै मन जित्न सफल भए।

हस्यव्यंग्यमार्फत समाजमा प्रतिनिधिमूलक पात्रका रुपमा आफूलाई स्थापित गरिसकेका राजु मास्टर र बल्छी ध्रुवेले आफ्नो ४५ मिनेट लामो प्रहसनमा आधुनिकतालाई उचित रुपमा अंगाल्न नसक्दा त्यसले पारेको नकारात्मक प्रभावसम्बन्धी विषयमा चित्रित प्रसंग खुबै सुन्न लायक थियो। दर्शकले प्रहसन मन पराउँदै पेट मिचिमिचि हाँसेरै समर्थन दिए। त्रिशूलीस्थित खेल मैदानमा भरिएका दर्शकले वान्स मोर भन्दै उनीहरुलाई थप हौसला दिएका थिए।

समाजलाई उचित बाटोमा हिँडाउने दायित्व आम मानिसको भएको र प्रविधिलाई सहितरुपमा उपभोग गर्नुपर्ने सन्देश राजु मास्टर बल्छी ध्रुवेको जोडीको थियो। उनीहरुले पछिल्लो समयमा मोबाइल, सामाजिक सन्जाललगायतको सही उपभोग गर्न नजान्दा दु:ख मात्र पाएका छैनौं, यसले घर, परिवार मात्र नभइ समाजमा नै विकृति बढिरहेकोले यस्ता कुरालाई निरुत्साहित गर्नुपर्ने प्रहसनमार्फत बताए। 

पछिल्लो समय व्यक्तिगत स्वार्थ मात्रै हावी हुँदै गएको र आ-आफ्नो तवरबाट कसैले पनि उत्तरदायित्व पूरा नगरेका कारण समाजको मार्गदिशा नै गलततर्फ अगाडि बढेकोमा अब राष्ट्रप्रति सबैले माया गर्नुपर्ने बेला आएको उनीहरुले बताए। आफ्नो देशको कला र संस्कतिभन्दा विदेशी कला र संस्कृतिलाई आत्मसात गर्दै जाँदा दुर्घटनाको खतरा बढेकोप्रति उनीहरुले व्यङ्य गरे। 

महोत्सवका राजु मास्टर बल्छी ध्रुवेका साथमा सोमबार चर्चित गायक बद्री पंगेनीले गीत प्रस्तुत गरे।उनले आफ्ना पूराना र नयाँ गरी आधा दर्जन गीत गाउँदा हजारौं दर्शकले वान्स मोर भन्दै साथ दिएका थिए। 

महोत्सवको आठ दिनसम्म ५० हजारभन्दा बढीले महोत्सवको अवलोकन गरिसकेका छन्। नुवाकोटको सबैभन्दा पुरानो विद्यालय त्रिभुवन त्रिशूली माद्यामिक विद्यालयको आयोजनमा सिभिल इञ्जिनीयररिङ कक्षा सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले सञ्चालित प्रथम त्रिशूली महोत्सवमा दर्शकको भीड बढिरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.