वरिष्ठ कृषि विकास अधिकृतसहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि कार्यालय दैलेखका अधिकृतसहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मंगलबार अख्तियारले कार्यालय प्रमुखसहित १३ जनाविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको हो।
कृषि सामाग्री खरिद नै नगरी खरिद गरेको नक्कली विल भपाई बनाएर भ्रष्टाचार गरेको अरोपमा वरिष्ठ कृषि विकास अधिकृत नरहरीप्रसाद घिमिरेसहित १३ विरुद्ध मुद्दा दायर भएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।
घिमिरेसँग १० लाख ५० हजार ९६१ रुपैयाँ विगो दाबी गरिएको छ।