छड्के टोली देख्नासाथ महिलाको मृत्यु !

छड्के टोली देख्नासाथ महिलाको मृत्यु !

राजविराज : विद्युत चुहावट नियन्त्रणका लागि छड्के चेकजाँचमा पुगेको टोलीलाई देख्ने बित्तिकै मंगलबार सप्तरीमा एक महिलाको मृत्यु भएको छ। 

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजका कर्मचारी तथा प्रहरीको संयुक्त टोली देखेर राजगढ गाउँपालिका २ कमलपुरकी ४२ वर्षीया सवितादेवी झाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

विद्युत चोरी भएको सूचनाका आधारमा मंगलबार प्रहरी र विद्युत कर्मचारीको संयुक्त टोली राजगढ गाउँपालिका पुगेको थियो।  प्रहरीका अनुसार विभिन्न घरमा हुकिङ्ग गरिएको अवस्थाको तस्बिर खिच्दै झाको घरमा पुगेर ढोका ढक्ढकाएर उठाएको टोलीले ‘तपाईंको घरमा चोरेर बिजुली बाल्ने गरिएको छ कि छैन्, चेकजाँच गर्न आएको’ भनी सोधे लगतै सविता लडेकी थिइन्। 

उनलाई तत्कालै स्वास्थ्य जाँच गराएकोमा स्वास्थ्यकर्मीले मृत घोषित गरेको गाउँपालिकाका अध्यक्ष प्रमानन्द यादवले जानकारी दिए। प्रहरीसहितको टोली आक्रामक शैलीमा प्रस्तुत हुँदा डराएर सविताको मृत्यु भएको भन्दै गाउँलेले नाराबाजी गर्दै शव उठाउन दिएका छैनन्। 

वडा अध्यक्ष ललितनारायण सिंहका अनुसार पोस्टमार्टमका लागि शव उठाउन नदिएका आक्रोसित गाउँलेले मृतक परिवारलाई राहत र क्षतिपूर्ति दिनु पर्ने माग गरेका छन्। गाउँपालिकाका अध्यक्ष यादवले मृतकका परिवारलाई क्षतिपूर्तिका लागि दबाब दिएको जानकारी दिए। 

विद्युत चोरी नियन्त्रणका नाममा घरघरमा पुगेर तर्साउने काम गर्दा सविताको मृत्यु भएको श्रीमान अनिलकुमार झाले आरोप लगाए। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले सविता पहिलादेखि नै मुटु रोगी रहेको भन्ने गाउँलेबाट जानकारी आएको बताए। उनले आफूहरुले हप्कीदप्की नगरेको दाबी गरे। 

हुकिङ गरी विद्युत प्रयोग गरेको पाइएपछि विद्युत चुहावट नियन्त्रण टोलीले कमलपुरबाटै मंगलबार बिहान नौ जनालाई नियन्त्रणमा लिएको थियो। 

चोरी नियन्त्रणका क्रममा भारतको जिरोगाबाट कमलदेव यादवको घरमा पाहुना आएका चन्दन यादवलाई समेत नियन्त्रणमा लिएको वडा अध्यक्ष सिंहले जानकारी दिए। नेपाल विद्युत प्राधिकरण राजविराज केन्द्रका प्रमुख चन्द्रनारायण साहले घटना बारे अनुसन्धान गरेर दोषीलाई कारवाही गर्ने बताए।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.