स्कुलको दबाबमा क्रिसमस मनाउन  बाध्य

स्कुलको दबाबमा क्रिसमस मनाउन  बाध्य

काठमाडौं : पाँच वर्षीया कञ्चन रिमाल मंगलबार बिहान उठ्नासाथ ‘मेरी क्रिसमस’ भन्दै आमाबुवासँग फुर्किन थालिन्। उनी मैतीदेवीस्थित एक निजी स्कुलमा अध्ययनरत छिन्। स्कुलले क्रिसमस मनाउने भनेकाले आवश्यक सामग्री किनिदिन उनले आमाबुवालाई अनुरोध गरिन्। क्रिसमस ह्याट र साथीसँग खुसी साटासाट गर्न केही उपहार सामग्री किन्नुपर्ने उनको माग थियो।

ह्याट र गिफ्ट नलगी शुभकामना मात्र आदानप्रदान गर्न सुझाउँदा उनी रुन थालिन्। जसरी पनि यी सामग्री किन्नै पर्ने अडान उनले राखिन्। छोरीलाई सम्झाउन नसकेपछि ह्याट र चक्लेट किनेर स्कुल पठाएको शिवहरि रिमालले बताए।

‘क्रिसमस मनाउनु त ठीकै हो। तर, दसैंभन्दा धेरै प्राथमिकता दिएर विद्यार्थीलाई अनिवार्य गर्नु राम्रो होइन’, उनले भने, ‘यस्ता क्रियाकलापले एकातिर धर्म प्रचारमा बल पु¥याउँछ भने अर्कोतिर बालबालिकालाई मानसिक प्रभाव पार्न सक्छ। यसतर्फ स्कुल सञ्चालक सचेत हुनुपर्छ।’

कञ्चन र उनका बुवाजस्ता थुपै्र विद्यार्थी र अभिभावक यो पर्वबारे जानकार नै नभए पनि बाध्यतामा परेर मनाउन बाध्य छन्। क्रिसमसअंकित ह्याटसहितका सामग्रीमै विद्यार्थीले ५ सयदेखि १ हजार रुपैयाँसम्म खर्चिए। स्कुल सञ्चालकले उनीहरूलाई बाध्यतामा पारे। अभिभावकले स्कुलको मनपरीको खुलेर विरोध गर्न सकेका छैनन्। स्कुलकै कारण आफूमाथि परेको आर्थिक भार र क्रिस्चियन धर्मको प्रचारमा नानीबाबुलाई प्रयोग गरेकोमा उनीहरू चिन्तित छन्।

साना नानीबाबु पढ्ने शैक्षिक संस्थाले यो पर्वलाई तामझामका साथ मनाउने गरेका छन्। कतिपय स्कुलले क्रिसमस मनाउनकै लागि मंगलबार पढाइ बन्द गरेका छन्। अधिकांशले सोमबारै यो पर्व मनाए। कुलेश्वरस्थित साउदर्न प्याराडाइज स्कुल पनि क्रिसमसकै कारण मंगलबार बन्द रह्यो। ‘सोमबारै गिफ्ट आदानप्रदान गरेर क्रिसमस मनायौं’, एक छात्राले भनिन्, ‘मंगलबार स्कुल बन्द छ। दिनभरको समय कसरी कटाउने भन्ने चिन्तामा छु।’ क्रिसमसबारे रुचि र जानकारी नभए पनि स्कुलले यही पर्वको नाममा पढाइ बन्द गरेकोमा नमज्जा लागेको उनले सुनाइन्।

स्कुल सञ्चालकको संगठन प्याब्सनका महासचिव राजेन्द्र बानियाँ विद्यार्थीलाई अनिवार्य गरी क्रिसमस मनाउनु गलत भएको बताउँछन्। ‘धेरै स्कुलले क्रिस्चियन धर्मावलम्बीको पर्वलाई ठूलो प्राथमिकता दिएर मनाएका छन’, उनी भन्छन्, ‘म यस्ता क्रियाकलापको घोर विरोधी हुँ। यसलाई संगठनका तर्फबाट आचारसंहिता बनाएर वा अन्य कुन माध्यमबाट नियमन गर्न सकिन्छ भन्ने विषयमा म कुरा उठाउँछु।’

उनका अनुसार धर्मनिरपेक्ष मुलुकमा जुन धर्म मान्छु भने पनि स्वतन्त्रता सबैमा छ। तर, विद्यार्थी र अभिभावकलाई मनपरी गर्नु गलत भएको उनको भनाइ छ। ‘हाम्रो संगठनले क्रिसमसमा यस्तो कार्यक्रम गर्नू र यस्तो कार्यक्रम नगर्नू भन्न मिल्दैन’, उनी भन्छन्, ‘तर, कसैले उजुरी वा गुनासो ग¥यो भने सम्बन्धित स्कुललाई सचेत गराउन सक्छौं।’ उनका अनुसार क्रिसमसकै कारण मंगलबार उपत्यकासहित बाहिरी जिल्लाका पनि थुपै्र स्कुल बन्द भए।

सबै धर्मअनुसारको संस्कारलाई अवलम्बन गर्नु समस्या नभए पनि विद्यार्थीलाई जबर्जस्ती गराउनु गलत भएको सरोकारवालाको गुनासो छ। बालुवाटारस्थित युरो किड्समा छोरा पढाइरहेका एक अभिभावकले भने, ‘स्कुलमा यस्तो कुरा ग¥यो भने हामी एक्लै तारो बन्छौं। तर, अहिले यो पर्व धर्म प्रचारका लागि उपयुक्त मौका बनेको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.