नगर बनाउने शिक्षाले हो

नगर बनाउने शिक्षाले हो
सांकेतिक तस्बिर।
सुन्नुहोस्

शिक्षा मानव जीवनमा नभई नहुने कुरा हो। शिक्षा बिनाको संसार कल्पनाबाहिरको कुरा हो। तर, स्थानीय तहहरूले शिक्षा सुधारमा त्यति जोड दिएको पाइँदैन। अहिले आधारभूत तहको शिक्षा स्थानीय तहको जिम्मा छ। भवन बनाउने, सडक बनाउने, पुलपुलेसामा खर्च गर्ने अथवा पूर्वाधार खडा गर्नु मात्र विकास होइन। स्थानीय तहमा जबसम्म गुणस्तरीय शिक्षाको विकास हुँदैन तबसम्म विकासको कल्पना गर्न सकिँदैन।

धनगढी सुदूरपश्चिमको एक मात्र उपमहानगर हो। यस उपमहानगरपालिकाको सामुदायिक शिक्षाको स्तर एकदमै खस्किँदो थियो। २०७९र८० मा यहाँ एक संस्थागत र १७ सामुदायिक विद्यालयको नतिजा शून्य आयो। सामुदायिक विद्यालयको कुल उत्तीर्ण प्रतिशत ९ थियो। तर, हाम्रो टिमले सामान्य प्रयास गर्दा यसपालि संस्थागततर्फ २ विद्यालय शून्य भए भने सामुदायिकमा कुनै पनि शून्य नतिजा आएन। गत वर्षको भन्दा ४ गुणाले बढी अथवा ३४ प्रतिशत सामुदायिक विद्यालयका विद्यार्थी उत्तीर्ण भए। 

मेरो विचारमा हरेक स्थानीय तहले पहिलो काम आफ्नो स्थानीय तहको शिक्षाको गुणस्तर सुधार गर्नुपर्छ। जब स्थानीय तहले अब्बल जनशक्ति उत्पादन गर्छ तब अरू विकास आपसेआप हुनेछन्। अहिले सामुदायिक र संस्थागत विद्यालयको शिक्षाको गुणस्तरमा धेरै ठूलो खाडल छ। तर, सरकारको शिक्षकमाथिको लगानी सामुदायिकमा बढी छ। सामुदायिकका शिक्षकहरूको सेवा सुविधा संस्थागतका भन्दा आकर्षक छ तर पनि शिक्षाको गुणस्तरमा किन सुधार भइरहेको छैन ? 

स्थानीय तहसँग शिक्षाका लागि बजेटको अभाव छ तर सीमित स्रोतको अवस्था हेरेर त्यसको अधिकत्तम प्रयोगमा स्थानीय तहहरू लाग्नुपर्छ। 

(हमाल धनगढी उपमहानरपालिकाका मेयर हुन्।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.